उस्ले एक टक हेरी मात्रै --
मौकाले चौका त हानेकै हो तर अप्र्त्यासित रुपमा।
म ढोकाबाट हटें, उ भित्र आई। बत्तिको उज्यालोमा बानी परेको कोठा जुन भित्र आउँदा कोठा नदेखिदो उज्यालोमा मग्न भो भने बल्दै गरेको बत्ती सुकुम्बासी।
"के डर लाग्यो?" मैले सोधें।
"अँ" मात्रै भनी।
"अघि त डरलाग्दैन भन्या थ्यो त?" सोधें। उ बिस्तारै बोल्थी म पनि।
"अघि लाग्या थे न अहिले लाग्यो नी त -- " उस्को स्वर कता कता कम्पित थ्यो क्यारे"
" ए, मध्य रात हुन लायो -- यता पनि बाईपंखेको ट्याम भो" मलाई नी के सुर चढ्यो अरु तर्सियोस भनेर थप्दें।
"छि: कस्तो इन्सेन्सेटिभ मान्छे होला -- आफुलाई ह्याँ कस्तो भै रा छ" भन्दै रिसाकी हो की झै गरी फर्किन लाकी थी -- मैले अनायसै उस्को हात समाएर रोकें। उ मात्रै हैन समय पनि एक पलको लागि स्थिर भो।
रहरको बाढी उर्लिदो थ्यो मनमा। जुन कुराको दिमागले बिरोध गर्दैथ्यो मन तेसैको जिद्दीमा लागेको थ्यो। परीस्थीति फेरी तेस्तो सन्तुलनमा थ्यो जुन सानै बिचलनमा पनि अनियन्त्रित हुन सक्थ्यो। दिमाग सिफलको ओरालोमा साईकल झै बत्तेको थ्यो भने मन असारको धोबीखोला झै उर्लेको।
कोठाको ढोका खुलै थ्यो। त्यो आधाराताँ कसैले उस्लाई मेरो कोठामा देखे राम्रो हुन्थेन। मैले ढोका ढ्प्काएँ।
"के गर्न लाको?" उस्ले सोधी।
"ढोका लाइदेको" मैले सकेसम्म बिस्तारै ढोका ढप्काउँदै भनें।
"किन?" फेरी सोधी उस्ले।
"कसैले देख्यो भने?" मैले पनि सोधेरै जबाफ दिएँ।
"भैगो त जान्छु उसो भए" उ उठेर ढोका तिर लम्की।
मैले फेरी हात समातेर भनेँ "पर्दैन"।
उस्का थर्किदा ति पातला अधरहरुमा मेरा आँखाहरु लट्ठीसकेछन।
उस्ले मेरा हातमा बन्दी उस्का हात छुटाउन खोजी। आखिर बिश्वासको तमसुक त्रासमा त लेखिन्न --मैले सजिलै छाडीदिएँ।
उ मेरो यति समिप थिई कि मैले उस्का आँधी झै चलेका स्वासहरुमा बेकाबु धडकन सुन्न पनि सक्थें। उ पनि मुक्त थिई म पनि, अनि उ पनि बन्दी थिई म पनि। एक अर्कामा पर्तिबिम्बित हाम्रा नजरहरु थिए -- उस्ले आफ्ना ओराली अनि दुई कदम पछी हटी। उस्का पाईलाहरु ढोका तिर बढे।
म किम्कर्त्ब्यबिमुढ उस्लाई हेर्दै सोधेँ "जाने?"
उस्ले छिट्टो हेरेर भनी "अँ"
"किन?" पैरोमा धसिदो मन सँगै सोधें मैले।
"थाम्न नसक्नेले किन समाउनु त हात?" उस्का नजरमा मेरा पुरै पराजित भए। उ निस्की। ---