Posted by: Deep October 17, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

....जिन्दगीको सबै भन्दा ठुलो उत्सब मानेर मनाउने थिएँ मैले। ---

"के हेरीरा नी बाहीर राति हुँदी?" उस्ले सोधी।
"भुत" तेई आयो मुखाँ तेई भन्देँ।
"भुत रे? भुत आउँछ ह्या?" उस्को स्वर अलि बदलियो तर पनि डराको जस्तो त लागेन।
"हाँडीगाउमा नआको भुत् काँ आउँछ त?" भन्दै थपेँ "उ त्यो पाटी बाहीर बाईपंखे पनि आउँछ रे आधारातमा"।

उस्को अनुहारमा अघिको मुस्कान त अहिले थिएन तैपनि उ तेत्तिकै राम्री थिई -- मैले देखाको पाटी हेर्न भनेरै त होलानी मेरो छेउ आई -- मैले देखाएँ पाटी फेरी। आधाराताँ कति चोटी हिनियो कैले देखीएन देख्न त आफुले पनि बाईपंखी तर ठीटी तर्सिन्छे भने तर्सियोस न भन्ने लाग्यो। छेउमै उभीएकी उस्को रापले आफ्नो ज्यानमा भने बाफ उठन थाल्यो।

"आउँछ काम नपार" भनी पाटी हेरी सके पछी उस्ले। ।

आफुले भनी सक्या कुरो --थाम्नै पर्यो भनेर भनेँ "लौ -- मेरो साथीको बाजेलाई लगेर भाटभटेनीमा पछारेको रे एक चोटी भोज खाएर आउँदै गर्दा त्यो बाईपंखेले-- त्याँ देखी लठेब्रो भाको रे तेस्को बाजे भन्थ्यो। भेटने भा भेटाई दिम्ला भोली।"

"पर्या छैन"  भनी।

"कत्तिले देख्या छन रे त्यो बाईपंखे --- ह्याँ त राती बच्चा रोएर पनि तर्साउँछ -- उता अस्ट्मानको बाजे बराजु कस्को हो एउटा छोरो झ्यालबाट खसेर मरेको रे -- त्यो रुन्छ कैले काईँ -- त्यो रोए पछी जसजसले सुन्छन टोलमा तेसमध्ये एउटा सिताराम -- चिलिम फर्किन्छ -- "

"म डराउँछु भनेर सुनाको होला -- तेस्तो भुतको कुरा त कति सुनेको सुनेको -- हाम्रो मधेसमा पनि आउँछ भुत" भनी।

"ह्याँको भुत तेस्तो मधेसको जस्तो हैन ह्याँ त ---" भन्दै थिएँ ख्याक स्याक त काठमाडौको लोकल हो क्यारे -- लाग्या बेलाँ कालो र सेतो दुईटैको झिक्छु कुरो भनेर थाल्या त उस्ले "छी -- यसो गफ गर्छु नी त भनेर आकि त खाली भुत र सुतको कुरो गर्ने मान्छे रे छ" भन्दै एक राउण्ड कर्के नजर दे र लागी मास्तिर।

"अब आनन्द भो हैन यति भए पछि? राती हुँदी टाँस्सिन आकी तरुनीलाई अनेखन्न फलाकेर भडकाई छोडीस -- हैन के?" मन त आगो भो म सँग।

थक्क थक्क लाग्यो। हो त नी -- खोज्या तरुनी त्यो पनि राती मै भनेर आउँदा हुँदी भुत र पिशाचको कुरा गर्ने हो के त? माया पिरतीको झल्को आउने कुरा गर्न छोडेर -- म पनि -- भन्दै ठीटी भडकेकोमा सोक प्रस्ताब पारीत गरें।

अब केटी फन्की हाली के कुराई भो र अनि ढोका खुलै पनि के राखी भो र -- भन्दै ढोका ढप्काएँ।

भोली सरी भन्नु पर्ला भन्दै मन बाँधे। तेई बेला भन्छु भनेर यसो उस्को कोठा तिर पुग्या रैन छे। ओछ्यानमा घुस्रेर किताब पढ्न थालेँ। गीतहरुको संकलन थ्यो त्यो बजाएँ उदास मन बहलाउन।

मेरो ढोका चलाए जस्तो लाग्यो। म त निदाएछु कुन बेला किताब पढ्दा पढ्दै। गीत अझै बज्दै थ्यो। कोठा उज्यालै। फेरी कसैले ढोका चलायो -- घडी हेर्या राती ११ बज्न आँट्या रे छ। मन जिरिङ्ग भो अघि बाईपंखेको कुरा गर्या कोठैमा आउन लाग्यो त लिन?

ढोकामा पुगें भ्रम हो की भनेर। खोल्छ् त उ पो रै छे। फेरी सपना देखिएछ कि भन्या हैन --

म के गरम के भनम भन्दै थिएँ "बच्चा रुँदैछ त --" उसैले भनी।

"कस्को बच्चा?" निन्द्राको सुरमा सोधें।

"कुन्नी त कस्को बाजे बराजु भन्या हैन अघि तेई होलानी ---" उस्ले सकेसम्मको मसिनो स्वरमा भनी।

मैले त सुन्या थेन  -- नसुन्या कुरो "खै मैले त सुन्या छैन भनें।

उस्ले एक टक हेरी मात्रै --

Read Full Discussion Thread for this article