Posted by: Poonte October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

मेरो फेरि अर्को कविताको शिर्षक छ: "म्यारिज र तासको खेला: जवाफ अंक"

 

झुक्काएर भएनि सिक्वेन्स बना'र देखाउँथेऊ, के को पिर?

समाते पो १५ प्वान्ट, नसमाते त गुलियो खिर

अझ, आईमाई भए त चोरेरै ल्याउँथेऊ "म्यान"

तिमी जस्तो बुढाले म्यान भित्र्याए त, लुकाएर बसे भो ज्यान!

 

छेऊकाले देखाउँदा टनेला, निल्येऊ थुक

साथी भाइले दुलही भित्र्याउँदा, देखेकै हो तिम्रो न्यास्रो "लुक"

लौ जा! अर्काले पारेछन् भुईं मेरिज!

भएन त अब तिम्रो भाग्य खारेज?

 

मेरिज पार्नु, टनेला पार्नु, "म्यान" नि खानु

सक्छौ भने तासको खाल बाहिर गरेर देखाउनु

तरुणी पट्टिन्नन् दु:ख नगरि, सुति सुति

लौ हेरम त! बिहे गरेर देखाऊ, छ भने तिम्रो हुति!

 

Read Full Discussion Thread for this article