Posted by: Deep October 17, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

 अस्ति आकि मधेसकी एउटी केटी बजार तिर के लाग्या थिई आफ्नै घरमा एक्लै भाको जस्तो भो। सुन्ने भन्छन नी हेरी तेस्तो।

 ओछ्यानमा आफ्नो कोठाको डङरङ्ग लडेर आफैले बुनेको तरुनीको जालमा म जेलिदै थिएँ ---

 उ कोठामा आई सरासर। मैले केई बोल्नु अघि नै इसाराले चुप रहन भनी। कति बेला साँझ परेछ कोठामा उज्यालो नाम मात्रको थियो। उ त ओछ्यानमा म सँगै घुस्री। म त एक्कै चोटी जर्याक जुरुक भएँ।

 हेर्छु त उज्यालै छ। जालमा जेलिदा जेलिदै कुन बेला आँखा लागेछन -- तरुनीले बजार जाउन्जेल पनि नछोडने भै। सपनाको कुरामा लागेर बेफ्वाँकमा अझै चम्किदै गर्या आफ्नै मुटुलाई झर्कीदै सोधें "तँ चै तातो न छारो सँग नभाको कुरोलाई लिएर के को भरयाक भरयाक  नी?"

तरुनी नी छैन घरमा एक्लै बस्ने बानी पनि छैन-- अनि परेन मुस्किल? -- केही लागेन भाईचाको घर छेउ पाटी माथि चढेर एउटा चुरोस तानेसी बल्ल अलि कति मजा आयो।

 अब आउँछे उ तब आउँछे भन्दा भन्दा -- आएसी के के न गर्ने जस्तो कुरान देको देकै -- बल्ल बल्ल आई भात खाने बेला तिर।

 भात पछी टिभीमा लाग्छे भन्ने थाहै थ्यो। म पनि लागें टीभी राख्या कोठा तिर। भात सात सकेर पनि आउँदिन उ त। माथिनै गफ गरी रा छे -- मलाई त रिस उठन थाल्यो उ तल आईन भनेर। मलाइ उ चाहियो रे भन्दैमा उ तु आउने पर्ने त के थ्यो र? तै पनि मेरो रहरमा मैले उस्लाई मेरो अधिकार क्षेत्र भित्र राख्देछु आफु खुसी।

उ आउँदै आईन -- काकीको कोठा तिर लागी बरु। म पनि मनमनै रिसाउँदै लागेँ आफ्नै कोठा तिर।

मनमा परेको रात संगै कोठामा झ्याल बाहीरको अध्यारो हेर्दै मनमा उठेका तरङ्गहरुलाई सडकमा बलेका बत्ति झैं अलिकति उज्यालो तिर डोर्‍याउँदै थिएँ कोठा भित्र कोही आएको भान भयो। हेरेको उ रैछे।

लच्की लच्की उ बिस्तारै अघि बढी - सुईरो जसरी उस्को उही मुस्कान मन आर पार भैगो एक पलमै। नदेखे जस्तो गरे पनि देखीने उस्का अटाई नअटाई निस्सासिएकै झै लाग्ने यौबन मुक्त हुँदा -- अझ भनौं त्यो मुक्त गर्ने जिम्मा मैलाई दिए उस्को जोबनको मुक्ति सायद जिन्दगीको सबै भन्दा ठुलो उत्सब मानेर मनाउने थिएँ मैले। ---

Read Full Discussion Thread for this article