Posted by: NayaSadak October 17, 2007
अमेरिकाको भारतीय रेष्टुराँमा भाँडा माझेर नेपाल सप्रिन्छ त
Login in to Rate this Post:     0       ?        

उनको ब्यग्यत्मक लेख ले नेपाली युबा पिडी माथि आलोचना गरेका छन।


एक्काइसौ सताब्दी मा CAPITAL  देखी LABOR FORCE माग र पुर्ती को सिद्दान्त अनुसार एक छेत्रमा मात्रा सिमित हुँदैन। सबैले आ-आफ्नो छम्ता अनुसार कामको खोजी मा लाग्द्छ्न। लेखक आफुले बास्तबिक अमेरिकि जिबन भोग्नु परेको छैन, लामो वा छोटो भ्र मण मा रेस्तुरा जा दा नेपालीलाई अबस्यै देख्नु भयो।
शायद वहाँले पनि आफ्नो शान्ताती लाई अमेरिकामा पढन पठाउनु भएको भए यि कुरा किमार्थ पनि लेख्नु हुन्न थियो। छोरा छोरी के काम गर्दछ्न भनेर दाजुभाइ तथा गाउले ले सोधेको खन्डमा वहाँले अबस्य पनि ए एसै गरी नाकारात्मक उत्तर नदीइ, सानो तिनो काम गरेर स्कुल को फिस र खान बस्न पुग्याका छन भन्नु हुन्थ्यो।
काम गरे त के बिगार गरे, देशमा बसेको भए, सडक र गल्ली चाहरेर बस्थे होलान, हाम्रो शिक्षा ले सानोतिनो काम गर्न लाज लाग्ने बनएको छ। बाबुको जे था र दर्जा अनुसार काम नगरदा तेही समाजको कुराको केन्द्र बिन्दु हुनु पर्छ।


स्रम्जिबी भएर २-४ पैसा कमएका छन, स्कुल जाने स्कुल गएकै छन,
नेपालमा  रैथने र डुकुलन्ठक भएर बस्दा यि लेखलाई राम्रो लाग्दो हो।
स्रम बेचेर जिबिकोपर्जन गरेका छन, गल्ली कुरेर बसेका छैनन, कसैका चेली बेटी बिगारएका छैन।
२-४ पैसा पठाएकै छ्न। देश मा डल्लर पुर्याएकै छ्न।
लेखकले साकारअत्मक पक्ष चाँही किन देखन सकेन।


शायद , यिन्का छोरा छोरीले विसा नपाएका  झोकमा र सुरा गला बाट उतारेको बेलामा लेख्न पुगेका हुन्की।यिनी र यिनका सोचाइमा, तेही शिक्षा र समाजको गन्ध देख्दछु। कुर्सिमा बस्ने काम मात्र ठुलो हो। सबैलाई कहाँ पुग्द्छ र कुर्सी बाला काम।
काम लाई ठुलो ठन्ने पश्चिमएली ले गरेको मा हामीले पनि अगाल्न खोज्दा यि लेखकले लाई पचेन।
अल्प बुद्धी भयन्करी भनेको एही हो।

Read Full Discussion Thread for this article