Posted by: Deep October 17, 2007
अमेरिकाको भारतीय रेष्टुराँमा भाँडा माझेर नेपाल सप्रिन्छ त
Login in to Rate this Post:     0       ?        

"ऐ, अनि अमेरिकाको भारतीय रेष्टुराँमा भाँडा माझेर नेपाल सप्रिन्छ त?"

सप्रिन्छ। किन सप्रिदैन? सप्रेको छ। भाँडा माझेरै भए पनि घर तिर पैसा पठाएका छन। घरकाले पैसा खर्च गरेका छन। देशको आर्थिक स्थितीमा निश्चितरुपमा योगदान गरेका छन अमेरीकाको भारतिय रेश्टुराँमा भाँडा माझेरै भए पनि।

अमेरिकाको भारतीय रेष्टुराँमा भाँडा माझ्दै हाड घोटेर कमाएको पैसा जति सक्दो नेपाल पठाउनेहरुले देश सपारेका छैनन भने दिन दिनै चक्काजाम गरेर गरीबहरुको पेटमा लात हान्ने, बिनसित्ती बिच बाटोमा टायर बालेर यातायात अबरोध गर्ने, तोडफोड गर्ने, कानुनलाई रछ्यानमा फालेर आफ्नै मनपरी कानुन चलाउनेहरुले सपार्छन देश की अनिक थरी पत्रिका हुँदी आफ्नो मेहनतले देशमा केही गर्न नसकि परीबार छोडेर बिदेश पुगेरै भए पनि ज्यान घोटेर देशमा परीबार पाल्न ब्यस्त परदेशीहरुको मजदुरी माथि बिष बमन गर्नेहरुले सपार्छन?"

Last edited: 17-Oct-07 11:13 AM
Read Full Discussion Thread for this article