Posted by: Deep October 16, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

"टिका लाईदेको सपना हो की बिपना हो भन्ने लागेर झन -----" यति अधुरै बाक्य बोलेर म फनक्क फर्कें। उस्लाई हेरीन मैले।

 

नजरबन्द भैयो आज। बाहीर निस्किम बाङ्गे भेटीएला भन्ने पिर -- घरमा बसीरहने बानी थिएन। तरुनी सँगै बसीरहन पाउने भए त धुनधान हुन्थ्यो तर एक्लै त सकस हुने।

 

भात खाएसी आमा र काकी अचार हाल्न ला थे कौसीमा, मलाई चुरोटको तलतल लाग्दैथ्यो --घराँ ध्वाँ तान्नु भन्या दनक प्लीज भनेझै थ्यो। मनलाई अर्को तिर गोर्याउँदै सोचेँ ठीटी सिनेमा भने पछी लट्ठीन्छे क्यारे -- एउटा सिनेमा हेर्न तिर लाग्नु पर्यो। कसो नआउली त?

बाहीर लिन जान नमिल्ने -- घराँ जे छ तेसैले काम चलाउनु पर्ने स्थिती थ्यो। यसो हेर्या काकाले भेला पार्या उनकै जमानाकै मात्रै एक हुल रेछन। आफुलाई त मन लाग्या बेलाँ बौध गए पछी रोजी छाडी हेर्न पाईन्थ्यो -- आधा जति टेलर समेत हेरेर। अब घराँ त्यो कुरै भएन।

सिनेमा खोज्दा खोज्दै उ भन्दा पैले काकी र आमा आए भने बर्बाद हुन्थ्यो। के हेर्नी के हेर्नी? फेरी लभ स्टोरी हेर्न पाए मद्दत हुन्थ्यो की भन्ने आश। आसिकी लेख्या चक्का छेराई देँ डेकमा। आफुले त हेरी सक्या सिनेमा भए पनि बल्छी हालेर बसेँ। आवाज अलि ठुलो पारेर छोडें - सुनोस भनेर।

"के हेर्न ला?" भन्दै आई एकै छिनमा।

केई नभनी चुपचाप बसें। म सोफाको बिच तिर थिएँ -- छानेर बसेकै तिँ। उ आएर सोफाको छेउमा बसी।

उ तिर एक नजर देको त उस्को हेराईमा निथ्रुक्कै भएँ, अनि फेरी मुस्कानमा भस्म।

गर्मीमा बतास, बगरमा बगैंचाको सुबास, जाडोको घाम, घाममा छायाँ जस्ती उस्का आगो झै रन्केका देखीने अधरहरु, मुस्कीलले आँधी बन्दी बनाउँदो ज्यान, मद स्वयं बेहोस होला झै नयन उस्का मेरा समिप थिए।

"के सिनेमा?" फेरी सोधी।

"आशिकी" भन्दें। अनि सोधें "हेर्या छैन?"

टाउको हल्लाएर छैन भनी--सुन्तले अधरमा उस्को मुस्कान मस्त नाचेकै थ्यो।

"यस्तो पुरानो सिनेमा पनि हेर्या छैन त?" मलाई उस्को कुरो पत्यार लागेन।

"आफुले पनि त हेर्या रैन्छ नी यस्तो पुरानो सिनेमा" उस्ले थपी।

मैले त हेरी सक्या हो भन्दिम कि भन्या फेरी अनि के खानलाई हेर्न ला त एइले भन्ली भनेर चुप लागें।

"के सिनेमा यो?" फेरी तेई सोध्छे बा!

"भरखर आशिकि भन्या हैन?" उ तिर हेर्दै भनें। एकटक हेर्दै रैछे मलाई -- भाईचाको बारीमा प्युठाने मुला उखेल्ने क्रममा भाईचा सराप्दै आउँदा जसरी तुफान कसिन्थ्यो आफु -तर मुला उखेलेरै - त्यही रुपमा मन बत्तियो -- यसपाली मुला भने सायद उस्ले उखेली क्यारे। म चै रित्तै बतासिएँ मात्रै होला।

"त्यो त बुझेँ -- तर कस्तो सिनेमा भन्या नी -- सस्पेन्स की कमेडी की ---" उ रोकीदै बोल्दै थिई मैले "लभ स्टोरी" भन्दें। फेरी जुधे आँखा। मनले भन्यो "दीप, पिङ्ग त चढीस उ सँग अब दोहोरी सकिनस मच्चाउन चै भनें चार सिलाबरे बटुको पछीको कान्छादाई जस्तो तमासा बन्लास ---"

"लभस्टोरी मन पर्छ भन्या हैन त?" मैले दरो गरी समातेँ लठारो।

"अँ" मात्रै भनी। सिनेमा पनि हेर्दै त गर्नु पर्यो। हेरी सक्या माल छुटला भन्ने थिएन डर -- एक छिन त चुप लागेर हेरें --

"अनि --- " कुरो बढाम भनेर आँट्या त -- "हैन खाली बोल्या बोलेई गरेर हाम्ले चै डाईलग केई सुन्न नपाउनु कि क्या हो?" भन्छे तरुनी त।

अनि आवाज बढाउनी निउँमा मेरो अगाडी टेबलमा राख्या रिमोट म सँग नमागी उ आफैं तन्केर उठाउनी हुँदा ज्यानमा ज्यानको छुवाछुत भएर अति चापमा लोला फुट्या झै गरी रापिला अनुभुतीहरु छताछुल्ल भए।

उ चैं केई नभाको झै गर्ने मात्रै हैन अघि रिमोट उठाउनु अघि सोफाको छेउमा बसेकी उ अहिले त म भन्दा एक बित्ता मात्रै पर थिई। जाडा दिन दिउँसै काम छुटला जस्तो हुन्छ छिनमा, छिनमा भदौरे घाममा ज्यान रन्क्या जस्तो हुन्छ।

एउटा निउँ पारेर समाईदिन्छु अब तरुनीको हात भनेर निउँ खोज्दै थें काकी आईपुगीन। "ए, यो त ह्याँ पो रैछे -- ल तयार हो त छिटो -- बजार जाने भन्या हैन?" म तिर हेर्दै बैनी चाईंलाई सम्बोधन गरीन् काकीले।

बैनी चाईँ उठीहाली। म तिर घुर्दै काकीले सोधीन -- "के ज्वरो आछ आज?"

छक्क परेँ म त। उनको बैनीले सल्काईदेको ज्वरो त आउनैलाथ्यो तर भन्नलाई "छैन जोरो सोरो -- किन?" भनें।

घरै बस्या देखेर नी -- भन्दै काकी हिनिन। बैनी निस्किनै लाग्दा झिनो आशाले सोधें "सिनेमा नहेर्नी?"

"आ -- हेरी सक्या त हो नी -- कति चोटी हेर्नु?" मुस्कानको झटारो सिधै मुटुमा ताकेर हानी अनि निस्की कोठाबाट।

"अघि सोध्दा त हेर्या छैन भन्थी -- "ए राम नी! ---

 

Read Full Discussion Thread for this article