Posted by: nepkanchhi October 16, 2007
My first love letter
Login in to Rate this Post:     0       ?        

भारी पब्लिक डिमान्ड मा  आर्को एउटा  लभ लेटर,   लोल

ड्राइभरको लवलेटर

मेरो मुटुकी स्टेयरिङ् , चौथो गियर भन्दा धेरै माया !
अहिले सम्म म कण्डिसनमा नै छु , आशा छ, तिमी पनि पञ्चर भएकी छैनौ होला ।
म घरबाट हिँड्दा तिम्रो चक्का मेरो मतलब खुट्टा ठिक थिएन, राम्रो वर्कसपमा गएर डाक्टरलाई देखाउनु । तिमीलाई नदेख्दा  कहिलेकाही मेरो मुटु को ब्रेकफैल हुनखोज्छ!

तिम्रो सम्झना मा मेरो प्रेम ले ऐक्सीलेटेर दबाकोदबाइ छ।

केटाकेटीलाई गाली गर्दा हर्न सानो पार्नु , छिमेकीले ओभरटेक गर्छन्, आउँदो नेपालबन्दमा घर आउँदैछु ,त्यसैबेला बेट्रीचार्ज गरौंला !!

उहि तिमीलाई हर्न बजाउनेड्राइभर
  माइला,
बि.च.रा.४३२३



Read Full Discussion Thread for this article