ठीटी सुत्न गै हाली -- आफ्नो आजा दिन खत्तम। --
रातभरी सपनामा मडारिएर उस्ले मेरो निन्द्राको लट्टो लिई -- कति झस्किनु? -- जाम क्यारे पल्लो कोठाँ -- जे त होला जस्तो नी नलाग्या हैन -- तर ढोका ला छ -- आओस लाग्या भे त खुल्लै राख्दी हो भन्ने तर्क फेरी छदै छ। उ आए आओस भनेर आफुले त खाली ढप्क्याको जस्तो मात्रै गर्या हो ढोका -- आउन्न निस्ष्ठुरी।
एक चोटी झस्केर ब्युँझे पछी फेरी निदाउन मुसकिल -- अनेक थरी कुरा आउने मनमा। बल्ल बल्ल झकाको रे छु -- ढोका खोल्या जस्तो आबाज आयो। आई क्यारे भन्या त हजुरबा बाथरुमबाट निस्क्या रे छन भजन गाउँदै हिने --
ब्यान उस्ले ल्याउली च्या भन्दा भन्दै पेट उमठेर हैरान। कोठामा पनि थिईन उ। कुरो बुझ्या त काकी सँग सक्रान्ती रे भनेर सत्तेनारन थान गै सकिछ छ।
आज आफ्नो छुट्टी। पातकी बाङ्गेलाई हिंजै लट्टे दे र हिन्या। भोली बेलुका सम्मको बन्दोबस्त गर्या थ्यो। पर्सी नभै बाङ्गेको मुख हेर्नु पर्ने थिएन। ढुक्क।
कोठामा ल्याएर चिया तान्दै थिएँ। सक्कार सत्तेनारन थान तिर जाम भने पनि बाङ्गे सँग भेट होला भन्ने पिर। के गरम भन्दै थिएँ। उ र काकी आई पुगे। लागे माथी कौसी तिर। एक छिन बित्यो।
म कोठैमा थिएँ -- उ उभिई ढोका बाहीर। "पर्साद लाउने?" राता औंला हल्लाउँदै सोधी।
"लाईदिने भा लाईदिम्ला नी त।" भन्दें।
"पर्या छैन कर बलले लाउन--" उस्ले दाँया बाँया हेर्दै भनि।
"करले हैन रहरले नै लाउँछु लाईदिने भए।" उस्ले खन्या कुलोमा पानी लाई दिएँ मैले पनि।
उ फुत्त मेरो कोठामा आई निधारमा मेरो उस्को साईली अम्लाले टिका लाई दि अनि बिजुली मुस्कान सँगै फर्कि। उस्ले मेरो कोठामा मुस्किलले पाँच सेकिण्ड बिताई होला तर तेतीमै आठ रेक्टरको भुईचालो चलार हिन्दी मनमा।
उ हराए पछी "सपना हो कि बिपना हो?" आफैलाई सोधें। पक्का गर्न निधारमा हात पुर्याएँ। अभिरको टीका हातले स्पर्श मात्रै के गर्या थ्यो उ त ढोकाको आडमा रैछे फुत्त निस्केर सोधी "ए! मैले लाईदेको टीका किन मेटाउन लाको हँ?"
झसङ्गै भए। मेटाउन लाको हैन पनि भन्न पाईन उ त रीसाको झैं गरी गै। हरे! यसो मेटीएछ कि त टीका भनेर एइनामा हेर्या त अघि झस्किदा औला ले आफ्नो टिका त निधारमा पुछ्रे तारा जस्तो यत्ति लामो पारेछ--साँच्चिकै मेटाउनै ला जस्तो गरी। अब तेत्तिकै पुछ्रे टिका लार घुमुम कि के गरम भो। तेस माथि सम्झें आज त झन मुखै धोको छैन। लाम्पुछ्रे टिका बचाउन आज मुखै नधोई बस्नु पर्ने भो त?
फकाउनु पर्यो भन्या छेउ नै पर्दिन बा! बिच्किन्छे।
आँट गर्नेले ठाँट गर्छ भन्थे क्यारे भनेर उ काकीको कोठामा एउटा पत्रिका पढ्दै रे छ सिधै गएँ त्याँ। काकी भान्छामा थिईन।
उस्ले पुलुक्क हेरी म तिर --पुछ्रे टिका पक्कै देखी तर केई भनिन।