Posted by: Deep October 15, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

उस्ले म तिर हेर्दै नहेरी भनी "लभ स्टोरी झन मन पर्छ" ---

 

राम् राम राम -- म त रन्न भएँ। मनको हवाईजहाज त मेरो उडाई दि उस्ले त।

 

उस्ले भनेको त सुनें तर भन्न खोज्या के पक्का भएन। छनक मात्रै पनि तर ब्यापक थ्यो। कुरा बढाम भन्या काकी फिर्ता आइन। हवाईजहाज ओर्लियो।

 

फेरी आमा नी आईन -- मौका अर्को आईहाल्छ कि शब्द साटने उ सँग भन्दा भन्दै सिनेमा सक्कियो। भात खाने सुरसार हुन लायो। आमा भान्छा तिर लागिन -- "कस्तो लाग्यो त मुभी?" निशाले उस्की दिदिलाई सोध्या थिई। "झुर" आफुलाई मौका नआको झोंकाँ मैले पो बोल्देछु। दुइटैले आँखिभै गाँठो पारेर हेरे बा मलाई। हेरे भने हेरे त अब।

 

"हेरम न त हामी पनि राम्रो सिनेमा कस्तो हुँदो रे छ" म तिर हेरेर पेच हानी उस्ले -- काकी र उ दुइटै मलाई अलपत्र छोडेर हाँस्तै निस्के। "राम्रो सिनेमा त अब म हिरो तिमी हीरोनी -- बन्दै छ भरखर क्यारे" भनेँ -- मनमनै नी फेरी।

 

कत्ति चोटी बोल्न खोजेँ उ सँग काकी सँग सँगै हुने के गर्नु?

 

 

भात खाएर कोठामा पुगे पछी सोच्न थालेँ यस्तो ताल ले लभ सभ पर्दैन -- ट्र्याजिडी मात्रै पर्छ -- लभ गर्ने हैन आफै हुन्छ भन्थे --खै त? गर्न खोज्दा त यस्तो गार्हो छ झन आफै हुन्छ भनेर पसपतिको साँढे जसरी बस्यो भने त गएन जिन्दगी?

 

ओछ्यानमा लम्पसार परेर सोचिराथें उस्लाई ढोका अगाडी देखें। उ टक्क अडी। म उठ्तै थें "दिनभरी काँ गा?" उस्ले सोधी हाली।

 

बाले सोध्या भए चुप लाग्ने -- अरुलाई भए कि चुपै लाग्नी नभए "जाँ गए नी किन चाहियो?" यही दुईटा थे जबाफ आफु सँग अब तेस्रो जबाफ चाहियो --

 

"काईं न काईं" भन्देँ।

 

"रमाईलो छ काई न काई? कति टाढा छ?" भन्छे बा।

 

खुंखार छे की क्या हो ठीटी त भन्ने लाग्यो मनमा।

 

"किन ढोकामा उभि रा? भित्रै आए भएहाल्छ नी--" कुरो अन्तै लगें।

 

"किन?" भन्छे उ।

 

"के किन?" सोधेँ मैले।

 

"किन भित्र आउने?" प्रस्ट पारी उस्ले।

 

"यसै" भनें मैले।

 

"यसै त नाईँ" भनेर गै मास्तिर।

 

उ मास्तिर लस्के पछी मैले गहीरो सोचें र आफैंलाई सोधें पनि "म सिकारी की सिकार हो?"

 डर डर जस्तो पो भो।

 

सुत्न अहिले आउली छैन भरे आउली छैन -- हुन त जतिसुकै बेला उ सुत्न आएनी नआएनी सिरक मुनी आफु त एक्लै हो तैपनि --यसो चाल बुझ्या टिभि हेर्दै रे छे अझै -- काकी र उ। अब त्याँ काकी भए पछी म गएर केई न केई।

 

बल्ल बल्ल आई तल -- मेरो कोठाको ढोका त खुल्लै थ्यो। मेरो कोठा तिर हेर्दै नहेरी उस्को कोठामा गै। ढोका लाई। तेसरी सुरुसुरु आफुलाई बेबास्ता गरेर हिन्या देखेर ल्याउँ क्यारे भैरबको मुखुण्डो र तर्साइदिम् जस्तो लाग्यो। मैले एकचोटी एउटा भिनाजु पर्नेलाई तर्साईदेको छु त्यो मुखुण्डोले। ठुला ठुला कुरा गर्थे -- झण्डै सिध्देका थे आधा राताँ।

 

ठीटी सुत्न गै हाली -- आफ्नो आजा दिन खत्तम। --
Read Full Discussion Thread for this article