Posted by: Birkhe_Maila October 15, 2007
सुने घरजम गरेछौ रे!
Login in to Rate this Post:     0       ?        

संसार सानो छ जी,

रमाइलो लाग्यो!

 

म कुर्दै थिएँ तिमिलाई

तर अन्तै सिउँदो कोरेछौ रे

लाहुरे पाएँ भनेर गजक्क परेकि

सौताको भाग पनि भकारो सोरेछौ रे

कठै बरा! आफ्नो पुर्पुरो आफैँले फोरेछौ रे

 

भुत्ते छोरा पाउने आसमा तिमिलाई

आधा दर्जन रेडिमेड भन्ट्याङभुन्टुङ फेला परेछ

म संगको शुभसाइतलाई लात हान्यौ

कठै बरा! तिमि पोइल जाँदा साढेसातको बेला परेछ

 

रेशमको सारि सम्झेर लाहुरे हेरेछौ

बिचरि, माडाको धोतिले पो कम्मर बेरेछौ

म झिल्केलाई भन्दा रिकुटेलाई टेरेछौ

कठै बरा! आफ्नो घाँटि आफैँले सेरेछौ!

 

Read Full Discussion Thread for this article