Posted by: Rahuldai October 15, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

uptowngal जी।
यहाँहरु कै प्रेरणा हो यो लेखाइ पनि अलिकति भोगाई पनि।


serial जी,
 हो त नि आफुलाई बोर्ड आएको मै कत्रो खुशी, मार्साबलाई बोर्ड फस्ट  न आएको झोंक, क्या गजब बा!!!!!!!!!!!!!!!!!!!


चित्रे,

हो भन्या, पढुन्जेल त कति हाने कति झाप्पु, अब पास भैसके पछि त न हान्नु पर्ने हो।

चना जी,
के गर्ने,  स्कूल  सके पछि झाप्पु पाउने पहिलो र अन्तिम भाग्यमानी मै होला जस्तो छ।

बिर्खे जी,
बाल शुलभ इच्छा भनम् कि के भन्ने त्यसलाई? गोर्खापत्रमा आफ्नो नि फोटो छापिंदो हो भनेर सोचिन्थ्यो। स्पेलिङ् कण्टेस्टमा सेकेण्ड हुंदा रानी एश्वर्य संगको सामुहिक फोटो गोर्खापत्र छपिंदा त्यो अलि ठुलो साइजमा छपेको भए कति बेश हुन्थ्यो भनेर नि सोचियो।

भउते गुरु,

हजुरकै प्रेरणा त हो नि , नत्र यो रहुलभाई संग कहाँ लेख्ने हिम्मत हुनु।

रिट्ठे जी,
जीवनका भोगाईहरुलाई लेख्दा धेरैको भोगाइ संग कहिं न कहिं  मेल खाने हुन्छ। हामी औसत मान्छे हौं, औसत घट्नाको संयोग औसतमै हुन्छ। कसो?

politically novice जी,
रमाई रमाई पढ्नु भएको मा आभार्।

तिमी मेरो साथी जी,
अब मेरो नि साथी बन्नु भयो, तपाई।

उफ्री जी,

अनुराधाको यस्तो रिजल्ट हुनु को पछाडी ग्रह दशाको कारण होइन अर्कै कारण छ। अर्को भाग मा त्यो पनि आउने छ।

तारेमाम्।

Read Full Discussion Thread for this article