Posted by: worldissmall October 14, 2007
सुने घरजम गरेछौ रे!
Login in to Rate this Post:     0       ?        

After That moment:

 

सुने साझा मा यो कबिता पढेछौ
कमजोरीले हिडदा हिडदै   बाटैमा लडेछौ
सथिसंगिले पुरानो कुरा सम्झाउदा
दाया बाया मलाई खोजेछौ

सुने  दशैंमा यता आउने भएछौ
छोरालाई साथमा ल्याउने भएछौ
छोराले बाबा भंन्दा
दाया बाया मलाई खोजेछौ
 सुने घरजम गरेछौ

सुने दुई चार पटक फ़ोन डायल गरेछौ
मेरो बिजोक भा'को सुन्दा घायल भएछौ
छोराले बाबा भंन्दा
मलाई खोज्दै बेहाल भएछौ
सुने घरजम गरेछौ

संदेश:
मंनमा अझै  तिम्रो नाऊ छ
दुखी रहेको   अलिनो घाऊ छ
आउछौ भने आउन त ..
तिमि बिना त मेरो जिन्दगिको के नै  भाऊ छ?

 

 

 

 

 


 

Read Full Discussion Thread for this article