Posted by: Nepal ko chora October 13, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

दशै

चिसो, सितल हावा को स्पर्श ले
झिस्मिसे मै आखा खुल्यो, निन्द्रा भाग्यो।
इमेल हेरे, खबर हरु पढे,
अनि चौतारी खोल्ने इच्छा लाग्यो।

चौतारीको छहरीमा मात्र के बसेको थिए,
बाताबरण मा मधुर मङगल धुन छायो।
कहिले अनि कहा सुनेको थिए मैले यो धुन?
यिनै प्रश्नहरु ले मेरो मन खायो।

कौतुहलता र जिज्ञासाहरु सङै
आज बाबा आमा को याद किन आइ  रहेछ?
सोचे एक छिन, अनि बल्ल उत्तर पाए।
छिटो बितेछ दिनहरु, फर्केर फेरि दशै आगनमा आइ सकेछ।


Last edited: 13-Oct-07 09:27 PM
Read Full Discussion Thread for this article