Posted by: crazy_love October 12, 2007
काउन्ट डाउनको नम्बर वान ...
Login in to Rate this Post:     0       ?        

"अंएरिकन मोटि" उसले जिस्कायो।" भुस्याहा कुकुर, फटाहा, काम नलाग्ने मान्छे, गधा, भाते, साले। अरु के भन्न मन भन। तर कुरा गर है"
"तँ गधा चोर ते" मैले रिसले भने
"तँलाइ कस्तो मिस गर्दैछु मोटि।"
"किन केटि प्रोपोज गर्न पाइनस अहिले?"
"मेरो मुटुको हिट लिस्टको टपमा तँ छस् नि। त्यो सेन्टरमा तँ रहेछस मोटी। मलाइ मिस गर्छेस्?"
"मेरो काम छैन कि क्या हो तँलाइ मिस गरेर बस्नलाइ? अरु के भन्? कस कसको कुटाइ खाइस?" मैले जिस्काएँ।
"आइ रिअलि मिस यु।" सुँक्क सुँक्क गर्न थाल्यो।
"कालु, के भो तँलाइ? घरमा सबै ठिक ? ओयि तेरो सिङान मुखभित्र खस्न लाग्यो।" रुदाँ जहिले पनि येसरि नै जिस्काँउथें। अनि फेरि हाँस्थ्यो।
"मोटि तेरो ब्वाइफ्रेन्ड भेटिस त्याँ?? उसले रुन्चे स्वरले भन्यो।
" येहाँ केटा खोज्न आको हो गधा?"
"सुन्त?" कालेले भने पछि सुन्नु पर्यो।
"तेरो ब्वाइफ्रेन्डले चाहिँ मेरो दरो भेट्छ बुझिस?"
फोन लाइन काटियो। हाँस्दै आँखा पुछ्न थाँले।

 

Read Full Discussion Thread for this article