Posted by: crazy_love October 12, 2007
काउन्ट डाउनको नम्बर वान ...
Login in to Rate this Post:     0       ?        
मलाइ थाहा थियो कालेसङ हिड्दा जसले मलाइ एसो हेर्यो वा जिस्कायो, तेसको दिन आयो। तेस्तो दुइ तिन चोटि भाको थियो। शन्का चाहि मलाइ पहिला नै थियो तर सङ प्रमाण थिएन।
"तँ ट्याबे जन्किलाइ मेरो के मतलब? किन बेकारमा अरुलाइ हिर्काउछस्, कुकुर्?"
"तँ श्रीदेवी होश् जो पायो तेस्ले मन पराउने? जसले तंलाइ साइड दिन्छ तेस्ले मेरो दामी धुलाइ भेट्छ। तँलाइ जिस्काउने मन पराउने केटा यो सन्सारमा जन्मेको नै छैन बुझिस। जो पायो तेहि झारपातले तँलाइ हेर्नि। तिनीहरुको आँखा साँखा फुटालि दिनछु। तेत्रो पढ्ने मान्छे पनि के भाकि तँ। तँलाइ पनि धुन्छु त्याँ येताउता लागिस भने।" दायाँ गालामा खोपिल्डा पर्ने गरि हाँस्यो कालु। मलाइ पनि हाँस उठ्यो उसको कुरा सुनेर।
" मोटी, सुन् न। तँ कसैलाइ पनि नभन है। हिजो चाहि त्यो मैले ग्रिटिङ कार्ड देको केटिको दाइले Read Full Discussion Thread for this article