Posted by: crazy_love October 12, 2007
काउन्ट डाउनको नम्बर वान ...
Login in to Rate this Post:     0       ?        

Sorry Guys, technical error.

Enjoy,

 

काउन्ट डाउनको नम्बर वान

कालु कहाँ आन्टि?" मैले घर नजिकैको आन्टिलाइ सोधें।
" कहाँ हुनु नानी भर्खर् हरगन्स नर्सिङ होम गएर टाउकोमा टाँका लगाएर ल्याको छ। हिजो राती फेरि ग्याङ फाइट पर्यो रे। के बोल्नु? तेसै सौतिनी आमा, उसको सत्रु नै भएं नि।" दिका मान्दै भन्नु भयो।
मलाइ थाहा थियो दशै, तिहार, होलि आयो कि काले को अनुहार बम फुल्या जस्तो हुन्थ्यो। एक एक ठाँउमा गएर फाइट परि हाल्थ्यो। सानैदेखिको साथी। घर पनि सङै अनि इस्कुल पनि सङै। सानोमा मेरो उसको पनि हाताहात फाइट पर्ने अनि उसको आमा मेरो आमा ले छुट्याउनु पर्ने। तर ठुलो भएपछि चाहि एक दुइ दिन बोल्चाल बन्द हुन्थ्यो अनि फेरि सङ माफि माग्न आइहाल्ने मोरो। हामी दुइको चाहि जे कुरा पनि शेयर हुन्थ्यो। उसको सबै कुराहरु मलाइ भन्थ्यो। तेसैले हामी घरि मिल्थ्यौं अनि घरि झगडा गर्थ्यौं। तर जति झगडा गरे पनि कसैले पनि कसैको गोप्यता भङ गर्दैन् थ्यो।
"हेर मोटि, हिजो मैले बुझिश् जनालाइ ढालेको नि एकैचोटि।" काले को मुख् देखेर आतिएं। आँखा मुस्किलले देख्या थ्यो। तैपनि गफ ठुलो थियो गधाको।
" तँ सधैं एस्तै हुने भैस, गधा।"
" हो नि गधा, कुकुर, साले, भाते अरु के भन्न बाँकि भन्न। तिमीहरु जस्तो सभ्य होइन म।" उल्टै निउं खोज्न पो थाल्यो।
"तैले त्यो मलाइ जिस्काउने केटालाइ पनि पिटेको हो कालु?"
"को केटा? थाहा छैन मलाइ। हिजो त्यो कोन्सर्टमा इस्त्रेट दिदै थियो ले तेहि भएर ठोकिदिएँ।" झ्ठ बोल्यो कालेले।
मलाइ थाहा थियो कालेसङ हिड्दा जसले मलाइ एसो हेर्यो वा जिस्कायो, तेसको दिन आयो। तेस्तो दुइ तिन चोटि भाको थियो। शन्का चाहि मलाइ पहिला Read Full Discussion Thread for this article