Posted by: Deep October 12, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

हुन्छ के के चाईँ त -- भन्ने लाग्यो। ---

 

अब फेरी बाङ्गे मन्छाउनु थ्यो। भात खाई सकेर निशा काकी सँग कुरा गर्दौ थिइ। म बाङ्गे काँ लागेँ।

 

बाङ्गे र म बरालिदै धुम्बाराही पुगीम --मन चैं आफ्नो घरमै। निशा के गर्दै होली भन्ने मात्रै लागेर घर फर्किम फर्किम जस्तो भन्या।

 

चाबेलाँ खाजा खाईयो -- सुद्ध। बाङ्गे बौध जाम भन्थ्यो मैले काँ बौध जानी हिन बरु तेरो ससुराली तिर जाम भनें।

 

दिउँसै जाने? उस्ले सोध्यो।

 

दिउँसो गए नी राती गएनी त्यै च्या पसलाँ बस्नी हो के फरक पर्छ? --भुस्या कुकुर जस्तो घर भित्र छिरे हो हल्ला गरेर बजाउलान भन्ने डर।--- झन बेलैमा गएकै राम्रो नी। सुनाएँ मैले। केई गरी यता बाङ्गे बल्झे हुनेँ भनेको खै के हुने हो।

 

हामी त्याँ पुगेर च्या एक कप सक्या छैन -- ठीटीको घर अगाडी एउटा ट्याक्सी रोकियो। एकै छिनमा ठीटी लगायतका अरु ट्याक्सी चढेर हुरुरु गए। सिनेमा टेलरमै छुट्यो हाम्रो। बरबाद भैगो नी।

 

"अब भोली आउँला बुझिस" मैले दिक्क भाको बाङ्गेलाई सम्झाएँ। मलाई त घर गै हाल्न पाए हुन्थ्यो।

 

फेरी सोचेँ -- यो बाङ्गे सँग दिन दिनै माहाँकाल आएर मैले मेरो काम चैं कैले गर्ने? एक दुई दिनको छुट्टी त चाहियो मलाई। यही सोचेर भनेँ "ए, तँलाइ त भन्नै बिर्सेको -- भोली मेरो आउन मिल्दैन -- काका सँग गजुरी जानु छ -- पर्सी बेलुका तिर आउने हो -- म नभए पनि तँ यहाँ आउन चै नछोड नी फेरी -- अघि ट्याक्सीबाट पनि हेरी नी -- हो कि हैन ल भन त?"

 

सम्झाएँ मैले उस्लाई र मेरो बाटो खुला राखें। काका बाहीर गा थे -- उनै सँग जान्छु भने पछी ढुक्कै। म छैन भने पछि बाङे म कहाँ आउने कुरै थे न।

 

बाङ्गेले केही भनेन। उस्लाई ठीटी हिडेकोले नै धेरै असर गर्या रे छ क्यारे मेरो कुरालाई उस्ले सारो मतलब गरेन।

 

"कि तँ एक्लै आउन सक्दैनस?" मैले जोस्साएँ।

 

"किन नसक्नु सक्न त --तर म ट्वाकलाई लिएर आउँछु"। उस्ले भन्यो।

 

मलाई ढुक्क भो -- थपेँ "हो हो ट्वाक संग आइज "-- केही पर्यो भने ठोक्छ उस्ले पनि। ट्वाक ब्राउन बेल्ट थ्यो क्यारे तेती बेला।

 

मैले भोली र पर्सी निशामा समर्पण गर्ने बिचार गरें।

 

फर्किदा किस्न मन्दीर नेर मेरा बा उभिइ रा रे छन -- धन्न चुरोट धोबीखोला पुलमै सक्या थ्यो -- पिरो ल्वाङलाई अरु किचेँ दातले। बा देख्ना साथ बाङ्गे भिमसेनथान तिर लाग्यो म घर तिर।

 

घरमा निशा सिनेमा हेर्दै रे छे काकी, आमा सँग बसेर।

 

"के हेर्या?" मैले सोधें।

 

"-- अङ्गुर" काकीले भनीन। मैले त हेरी सक्या थें तै पनि बसेँ।

 

"किन छिटो नी आज?" काकीले फेरी सोधीन।

 

काकीले खत्तम गर्न लाइन -- सधै आधाराताँ आउने जस्तो गरेर -- भन्ने लाग्यो।

 

"बाहीर क्या चिसो रे छ अनि के गर्नी त --" भन्दै सोफामा बसें।

 

म चै सिनेमा भन्दा बढ्ता निशा तिर लाग्या थें।

 

बा आए पछि आमा चिया बनाउन उठिन -- सिनेमा कमेडी थ्यो -- काकी र निशा निर्धक्क हाँस्थे -- म चैं निशाको हाँसोमा आनन्दीत हुन्थें -- कैले उ पुलुक्क म तिर हेर्थी म पुलकित हुन्थें।

 

एक छिन पछी काकी पनि उठीन। "काँ जान ला?" निशाले सोधी।

 

जाँदा जाँदै " आउँछु"  भनेर काकी निस्कीन।

 

समय रोकिए जस्तो भयो। रन वे मा प्लेन झै मन दौडियो मेरो।

 

मैले सोधें "कमेडी सिनेमा मन पर्छ?"

 

उस्ले म तिर हेर्दै नहेरी भनी "लभ स्टोरी झन मन पर्छ" ---
Read Full Discussion Thread for this article