Posted by: भउते October 12, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

हो त हगि ठुल्नानी ! चौतारीको सुरुको दशैँमा त म जमुनीलाई लिएर गोरखपुर गा'को थेँ क्या रे। त्यै बेला गाम्लेहरुले कुरा काटेर यत्रो रडाको भा'को के।  सुरुको दशैँमा यतिबेला त गाममा कुटानी-पिसानी भटभटे भर्खर ल्याएर राखेको थेँ। दादाले राँगो पाल्न सुरु गरेका थे, मेरो बिजनेस सँग कम्पिटिसन अर्न भनेर। जुरेली सँग को चक्कर पनि पिक मा पुगेको थ्यो। अनि जिम्माललाई भोटेकुकुर लगाएर खिर्रोको रुखमा चढ्न पर्ने बना'का थे। गाममा रोँटे पिङ हाल्ने कत्रो चहलपहल थियो।

 

अचेल त गाममा पनि त्यो वाइरलेस भन्ने इन्टरनेट आयो के रे। गामका केटाकेटी धेरै बिग्रे। यो साल त रोँटे पिङ पनि त्यै कम्फुटराँ खेल्नी त होला नि। जे खेल्न नि मिल्ने रे'छ के रे।

Read Full Discussion Thread for this article