Posted by: Poonte October 11, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        
"अरे ओ पुनटे दाजु!!!!!!!!!!!!! काहाँ काहाँ खोजेछु हमि तपाईंलाई। हमि धोबिनी मेमसाहिबको मतावने दुकानमा भि पुगेछु, हँ? पुनटे दाजु छेन। भावजु जो हुनुहुन्छ, वाहाँलाई नि सोधेछु, हँ? भावजु नि देखेछेन दाजुको। बल्ल ऐसन टेम जुरेको जो छ, त हमि दाजुलाई भगुत भेया के साथ बक्रीको माँस चपावन लाएको भेटेछु। डिस्टब जो करेछु त माफी दिईहाल्नुस, लेकिन बात बुरा छ, दाजुको को एक्सपेरियन्सवा जो छ, हमिलाई अड्वाईस चाहिएको छ, हँ?"

लुकि लुकि बाँकी र'को खसी नि सिद्ध्याई हालम्। अनि त तो तारेमाम सारेमाम नेधिसको फैसला अनुसारको २०-२० धार्नि मासु जरिवाना क्यारि तिराम्छन्, हेरम्ला, ई यई फिलाऽट मासु चोईटाम्ने आँट भए हामी नि हेरम्ला तिनेरुको तागत भनेर चईनि, आफ्नै फिला पड्काम्दै भउते र म दाजु भाई लुकि लुकि खान ला'थिम, बज्जे मदनवाले भेट्टाई हाल्यो।

"बेला न कुबेला बजि नेला," भनेर भउते जङ्गियो। तै नि देसि मदनवा भलादमी त हो के रे, के परेछ बज्जेलाई? भनेर चईनी मैले सोधें।

"अरे सला! छोकडी भेटेन त हमि ऐसन बुह्रो भईलिए जस्तो लागेको जो थियो, त अब त एवटा मत्र काहाँ र, दाजु? लईन लागेछ हम्रो पिछे छोकडी लोगन!"

"पुन्टे दाईले आधा जिन्दखि खटेर बल्ल बल्ल दुईटा छोपेछन्, हाम्लाई एउटा नि छैन, तैं बज्जेको पछि लईन ला'को हाम्ले नि सुनेथेम्। मोज गर्। बरु, यो खसीको मासु बाँडेर तँलाई नि ख्वाम्ला के रे, एक-दुईटा तरुणी हाम्लाई नि बाँड!" भन्दै भउतेले आफ्नो भागऽट दुई चोईटा मदनवा तिर सारि दिए।

"टेन्सनवा जो छ, भगुत भैया, लईन देखेछु त हमि डराएछु..." च्वाम् च्वाम् मासु चपाउँदै मदनवाले बिस्तार लायो। "एकटा छोकडी लईनमा जो छ, त वो बहुती काली छ, हँ? हमि भि कालो परेछु। त, न उल्ले हमिलाई देखेछ, न हमिले उल्लाई, हँ? बढिया देन्सनवा बात! दिनको लाल्टिन बालेर जो पिरेम करनेको हमि सोंच्छ, त खटिया खडे हुन्छ, दाजु! महँगीको बात जो छ, मट्टितेल सट्टीतेल लिन जो हमि बोडर पार करन पर्छ, त दिनको, और रातको चोबिस-चोबिस घण्टे कहाँ से लालटिन बाल्छ? हमिलाई चाहिएको छोएन हुजुर फुजुर खर्च् बढावने वाली।"

"दुसरी क्रै जी जो छ त उसको नाम सुनेछु, और हमि भि पागल बन्ने वालेको छु।सुरुमा जो छ, पट्टावनेको लगि हमि लउव लैटर सैटर लिख्छु, हँ? ठीक छ। लेकिन हर दिनको एवटा लउव लैटर जो लिखाम्नेको बात करेछ उ, त फिर फ्लैट भएछु हमि! हमिलाई वो दिनको एवटा लउव लैटर लिख्ने जाँगर जो हुन्छ, त हमि सालको तीन सो पेंसठ लरकीको लउव कर्छ, हँ? किसन जी को मात कर्छ, और सारे के सारे लरकीको दिवानाहरुको लात खान्छ। हिसाब करि लिनुस्, पुनटे दाजु, सालको तीन सो पेंसठ लरकीको सिरफ एक-एवटा  दिवाना मत्र मानेछु त, हमि सालको सात सो तीस लात खानेको तयार? नाहिं! वो भि बात बिगरि गियो। और भि हिसाब करिलिनुस्...अगर पाँच लात हम्रो धोतीको खालस केरछ त, सालको एक सो छेलिस धोती खरिदनेको हमि काहाँ सकेछु?"

"हिसाब त गर्न आउँदो रै'छ त बज्जेलाई, बरु हिसाबको मास्टरी गर्न जाओ, तरुणी जति हाम्लाई छोडि दे!" भउते मुर्मुरिन थालेको जस्तो लाओ।

"हिसाबको बात छोडिदिनुस्, दाजु, टेन्सनवाले गर्दा हमिलाई दिनको उन्तिस बार पिसाब आए रहेछ रोज।"

म नि जिल्लै परें मदनवाको कुरोले। बज्जेको बल्ल बल्ल खुलेको भग्गेआँ नि कस्तो खत् परेछ। अनि सोधें उसलाई, तो कान्छी वाली त बाँकी छ नि, तेईलाई पिरेम गर, घरबार बसाऊ, भनेको...

"दाजु बडा चालाक हुनुहुन्च, हँ? आफू दो-दोटा राखीलिनुहुन्छ, एवटा बाटुली भावजु, आर्को धोबिनी मेमसाहिब, और हमिलाई एवटा मै अड्कावने को बात कर्नु हुन्छ? कान्छी जो ल्याउँछ, त हमि लास्टमा ल्याउँछ, दाजु! सुरु मै जो कान्छीको ल्यायो त फिरि दुसरीको कसरी ल्याउँछ? कि हमि नेपाली अच्छा बुझे छुईन? कान्छीको मुनि भि और कोई दर्जा हुन्छ?"

दशैं भनेओ त यो मदनवालाई पो लागेको मानिचु हामीले!




Read Full Discussion Thread for this article