Posted by: wow.nepal October 11, 2007
हो मलाई यो दशैं मा बिशेष आशिर्बाद चाहिन्छ!
Login in to Rate this Post:     0       ?        
 

दुर्गा माता मलाई यो दशैं मा बिशेष आशिर्बाद चाहिन्छ,
हजुर्  बाट नि चाहिन्छ, अनी मेरो माटो बाट नि चाहिन्छ।
मेरा आमा-बाबा, मेरा सबै बुजुर्ग र मान्यजन बाट नि चाहिन्छ,
मलाई मेरो देशमा शान्ती चाहिन्छ, हो मलाई मेरो देशमा शान्ती चाहिन्छ।

मलाई अझै याद छन, मेरो बालक काल का ति दिन हरु,
जब हजुर हरुले मेरो प्रगती को कामना गर्नुहुन्थ्यो।
मलाई याद छन हजुरले दिने गरेका ति आशिर्बाद हरु,
जसमा मेरो लामो रोग रहित जीवन को लागि कामना हुन्थे।
मलाई एसपाली तेही आशिर्बाद मेरो देश को लागि चाहिन्छ,
हो मेरो देश को शान्ती र उत्तरोत्तर प्रगती को लागि मलाई बिशेष आशिर्बाद चाहिन्छ।


म फेरी तेही मेरो माटो मा डर्-त्रास रहित हिंड्न चाह्न्छु,
म हरेक नेपालि को अनुहार मा, एक अर्का प्रती माया अनी आत्मियता हेर्न चाहन्छु।
म मेरो माटोमा फेरी तेही बशन्त हेर्न चाह्न्छु, 
मेची देखी महाकाली सम्म सबै लाई हांसी खुशी साथ खेलेको हेर्न चाह्न्छु। 
मलाई फेरी तेही शान्ति को आभुसण् पहिरियेकि नेपाल् माता चाहिन्छ,
हो मलाई एसपाली को दशै मा मेरो नेपाल को लागि शान्ती को आशिर्बाद चाहिन्छ।

 

म भोको छु, मेरा नेपाल का खेत अनी गरा हरु हरियो भएको हेर्न लाई,
हो म भोको छु, मेरी सुन्दर अनी ममतामयी नेपाल आमाको उही पुरानो हँशिलो मुहार् हेर्न लाइ।
तेसैले त एस पाली को दसैंमा मलाई सबैको आशिर्बाद चाहिन्छ, 
हो मलाई मेरी नेपाल आमाको लागि शान्ती अनी प्रगतिको आशिर्बाद चाहिन्छ।


हो दुर्गा माता मलाई  एसपाली को दशैं मा बिशेष आशिर्बाद चाहिन्छ,
हजुर बाट नि चाहिन्छ, अनी मेरो माटो बाट नि चाहिन्छ।
मेरा आमा-बाबा, मेरा सबै बुजुर्ग र मान्यजन बाट नि चाहिन्छ,
मलाई मेरो देश म शान्ती चाहिन्छ, हो मलाई  मेरो देशमा शान्ती चाहिन्छ।

Happy Vijaya Dashami to all Sajhalander, and of course to all Nepali around the globe. I wish for all of ours prosperity: our family, our country, and our World! Lets pray for the peace!

wow.nepal

Read Full Discussion Thread for this article