Posted by: Birkhe_Maila October 11, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

लहरे, ठुल्दाई र सुन्तलेलाई मेरो नि जदौ!

सपै बेशै होला के रे सपैलाई? दशैँको चटारो कत्तिको छ? खसि किन्या हो? चिउरा कुट्या हो? तेल पेल्या हो? मसला पिन्या हो? कि तेसै मुख मात्तै मिठ्ठ्यार बस्या छौ सपै???  हाम्राँ त खसि काट्न छोड्या नि गोडा दसेक बर्ख भओ के रे। यो पालि ग्वाँचेले २२ धार्नीको खसि ल्या रेछ, तेई ढाल्या बेलाँ तिन बिसौली जति ल्याउनु पर्ला! क्यार्नु आफ्नु मासु चपाम्न हुँदैन, चपाम्दा भा' दोटा दाँत नि उछिट्टेर पिँढिमा गुड्ला भन्ने डर!

Last edited: 11-Oct-07 01:47 PM
Read Full Discussion Thread for this article