Posted by: urfrenrites October 11, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

LOL Deep bro,

 

उफ्री आज रेड बुल देरे आको हो की के हो? सासै नफेरी फलाक्या फलाक्यै छ। Can a bull talk ra bhanya?

 

आमा चै को यस्तो चाल -- दिन रात चौतारीमा आँखा झिम्कार बस्छे-- बिचरी भुन्टी -- अनि भुन्टीको बा कठै कता जोतिई रा होलान बुढीलाई दुई पैसा होला झुम्का किन्दिमला भनेर --

 

के सारो भित्रको डिपसङ पित्तको थैलिसम्म दुख्ने गरि भन्नु भको दिप ब्रोले मलाइ। अहिले पनि म हजुरलाइ झिम झिम गरेर हेर्दैछु तर येसको मतलब हजुरलाइ मैले आँखा झिम्काएको होइन नि त। यो त मेरो नानी देखिको बानि हो नि के। २ क्लासमा भकुन्डेलाइ झिम्काँउदा झिम्काँउदै प्रतेक ३० सेकन्डमा मेरो आँखा आफै झिम्कि रहन्छ नि त।
भुन्टिको बा पनि तेहि झिम झिममा लट्ठ परेर जन्ती लिएर आको नि त हो मलाइ लिन। बिहेको जग्गेमा क्या बबाल भाको नि। मैले घुम्टिभित्र बाट झिम झिम गर्दा कि पुरोहित बाजे त नर्बस भएर नि बिहेको मन्त्रको सट्टामा त सराद्धेको मन्त्र पो पढ्न थालेको हौ। अनि त भुन्टिको बाले तेसको तेहि झन्डै सराद्धे गरेको नि। त्यो त भाग्यो नि अनि अर्को आँखा नदेख्ने बाजे ल्याएर बिहे सक्काको नि। क्या चित्त दुख्यो हौ दिप ब्रो आज हजुरले मेरो झिम झिमलाइ तेस्तो भन्दा। सान्नानीलाइ पनि म तेस्तै झिम झिम गरेर कुरा गर्छु त। उसले केहि भन्दैन त खोइ।

मो झुम्का लाँउदिन के दिप ब्रो। भुन्टिको बाको नाक र कानको मुन्द्रि लाँउछु। दुइ पैसा के काम हो मलाइ? के आँउछ र तेसको येहाँ?

Read Full Discussion Thread for this article