Posted by: gahugoro October 11, 2007
Nepali Marriages
Login in to Rate this Post:     0       ?        

विवाहको उमेर

रुवी रौनियार

हाम्रो समाजमा विवाहसम्बन्धी दृष्टिकोणमा समष्टिगत तथा समुदायगत विविधता छ । विभिन्न जनगणनाले यसमा परिवर्तन देखाएको छ । ग्रँमीण तथा सहरी समाजमा विवाहसम्बन्धी सोचमा भिन्नता रहने हुनाले वैवाहिक उमेरमा विविधता स्वाभाविक रूपमै आउ“छ । पुरुषको तुलनामा महिलाको विवाह कम उमेरमै गर्नर्ुपर्छ भन्ने भावनाले लैङ्गकि आधारमा विवाह उमेरमा भिन्नता पाइएको छ । २०५८ को जनगणनाअनुसार ग्रँमीण क्ष्ँेत्रमा २२.५ वर्षो उमेरमा पुरुषले विवाह गरेका छन् भने महिलाको विवाहको उमेर १९.३ वर्षात्र छ । त्यसैगरी सहरी क्ष्ँेत्रमा महिला र पुरुषको विवाहको उमेर भिन्नता छ । सहरी क्ष्ँेत्रमा पुरुषको विवाहको उमेर २४.५ र महिलाको विवाहको उमेर २०.६ वर्षछ ।

जनगणनाले विवाहको उमेर महिलातर्फन्यून देखाउ“छ । ०१८ सालमा पुरुषको विवाहको उमेर १९.४ वर्षथियो । महिलाको हकमा १५.१ मात्र थियो । यो उमेर बढ्दै गई ०५८ मा पुरुषको २४.५ र महिलाको १९.३ पुगेको छ । नेपाल जनसांख्यिक र्सवेक्ष्ँण सन् २००६ ले महिलाको विवाहको उमेर १९.५ वर्षदेखाएको छ । यहा“ विचारणीय के छ भने १९.४ वर्षत विवाहको उमेर पुरुषको हकमा ०१८ सालमै थियो । जबकि २१ औं शताब्दीको सुरुवातमा आएर महिलाको वैवाहिक उमेर बल्ल १९.५ वर्षपुगेको छ । यही कम उमेरमा विवाह हुनु महिलाको वैवाहिक समस्या तथा हिंसाको एक कारण बन्न पुगेको छ ।

यसै सर्न्दर्भमा हालसालै यस्तै वैवाहिक हिंसाबाट पीडित रेखा गुप्ता भन्छिन्- मेरो विवाह रोशनकुमार साहस“ग ०६१ साल वैशाख १६ गते जनकपुरधाममा धुमधामसाथ दुवै परिवारको राजीले भएको थियो । हाम्रो उमेर धेरै फरक थियो । मेरो उमेर श्रीमानको भन्दा कम थियो जसले गर्दा विवाहको दर्ुइ वर्षा असमझदारी सुरू भयो । घरका परिवारले मेरा श्रीमानलाई मेराबारे झूटा कुरा गरी कुटपिट गराउने, सम्बन्धविच्छेद गरी श्रीमानको अर्काे विवाह गरिदिने भनी शारीरिक तथा मानसिक पीडा दिनथाले । बिरामी भई केही दिनसम्म मेरो अध्ययनमै बाधा पर्न थाल्यो । हाल आएर श्रीमानले मलाई बहुलाको झूटा आरोप लगाई काठमाडौं जिल्ला अदालतमा विवाह बदरको मुद्दासमेत दिएका छन् । -आ“खाभरि आ“सु) विवाहको मिति तय हुनु चार महिना अघिसम्म हामी घन्टौं साथमा बिताउ“थ्यौं । सबै ठीकै थियो । चार महिना त धेरै हुन्छ, एउटा मान्छेलाई बुझ्न ।

हामी घन्टौं कुरा गर्दै स“गै हि“ड्थ्यौं र घन्टौं धेरैजसो समय स“गै बिताउ“थ्यौं । त्यतिखेर उहा“लाई केही लागेन र आज विवाहको दर्ुइ वर्षछि ममाथि नानाथरी झूटो आरोप लगाई मलाई शारीरिक तथा मानसिक हिंसाका सिकार बनाएका छन् मेरा ससुरवालाहरू ।

रेखा गुप्ताको हरेक महिलास“ग अनुरोध छ कि विवाह भन्ने आरोप खुट्टामा उभिएरमात्र गर्नर्ुपर्छ । आर्थिक रूपले महिला सशक्त छिन् भने ऊ वैवाहिक हिंसाको सिकार बन्नबाट अवश्य पनि बच्न सक्छ । उमेर पनि कम्तीमा २० वर्षनाघेपछि मात्र महिलाले विवाह गर्दा हरेक पक्ष्ँबाट राम्रो हुन्छ ।

त्यसैगरी एमए प्रथम वर्षसमाजशास्त्रमा अध्ययन गरिरहेकी रिता पौडेल भन्छिन्- हाम्रो सामाजिक मूल्य-मान्यता र धार्मिक विचारले गर्दा महिलाको विवाहको उमेर कम हुनगएको छ । मुख्य कारण अशिक्ष्ँा र आर्थिक अवस्था हो । प्रँयः महिला अशिक्ष्ँित भएको कारण आर्थिक रूपले कमजोर छन् । महिला स्वयम् पनि के चाहन्छन् भने हुने श्रीमान अलि ठूलो उमेरको र कमाउने होस् । आर्थिक रूपले परनिर्भर र सानो उमेरले गर्दा उनीहरूलाई परिवारको निर्ण्र्ााप्रक्रियामा समेत सहभागी हुनबाट वञ्चित गराइन्छ । कतिसम्म हुन्छ भने महिलाले कतिवटा बच्चाबच्ची जन्माउने निर्ण्र्ाामेत लिन सक्दिनन् जुन उनको जन्मसिद्ध अधिकार हो ।

यस्ता खालको निर्ण्र्ााश्रीमान्ले नै लिन्छन्, किनभने उसको उमेर श्रीमतीभन्दा बढी हुनाले उसको बुद्धि र सोच्ने शक्ति बढी हुन्छ भन्ने नराम्रो सोच हाम्रो समाजमा विद्यमान छ । समाजमा रहेका यस्ता कुरीति, कुप्रथाप्रति दुःख प्रकट गर्दै विवाह त समान उमेरमा हुनर्ुपर्छ भनिन्छ । जसमा एकअर्कालाई बुझ्न र साथीजस्तै व्यवहार हुन्छ । त्यसैगरी अधिवक्ता निता गौतम दीक्ष्ँित भन्छिन्- महिला र पुरुषको हकमा विवाहको उमेर हाम्रो कानुनले नै तोकिदिएको छ । जसअनुसार आफूखुुुसी र दर्ता विवाहको हकमा महिला र पुरुष दुवैको विवाहको उमेर २०-२० वर्षहुनर्ुपर्छ र बाबुआमाको राजीखुसीअनुसार गर्दा दुवैको १८-१८ वर्षपुगेको हुनर्ुपर्छ । तापनि अझै हाम्रो कतिपय क्ष्ँेत्रमा यी कुराको जानकारीसमेत हाम्रा दिदीबहिनीलाई छैन । जसको अनुभव उनले रौतहटमा गरेको एक महिना वैवाहिक प्रशिक्ष्ँण कार्यक्रमबाट पाइन् ।

अधिवक्ता दीक्ष्ँितले हालै रौतहटका तीन गाविसमा करिब १ सय ५० महिलालाई विवाह, पोपर्टर्ीीाइटजस्ता कुराको बारेमा शिक्ष्ँा दिने, चेतना फैलाउने, महिलालाई आफ्नो हकअधिकारबारे सचेत गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताइन् । जसमा प्रत्येक गाउ“मा ५० जनाको महिला समूहलाई राखेर कक्ष्ँा सञ्चालन गरिएको थियो । अधिकांश महिलाको विवाह १० देखि १२ वर्षभत्रमा भइसकेको तथ्य पाइयो । यो न्यून उमेर हो । यसरी कम उमेरमा विवाह हुनुको कारण पत्ता लगाउ“दा उनले अधिकांश महिलाले आफ्नो छोरीको विवाह छोटो उमेरमा गरेपछि गवना गर्नु अवस्थामा छोरी ठूली भइहाल्छिन् भन्ने कारण पत्ता लाग्यो । गवना तर्राईमा नभई नहुने चलन हो । यसले गर्दा सानो उमेरमा विवाह गरिदिएको बताए । अन्य आमाहरूले बढी पढाएमा छोरीले प्रेम विवाह गर्छन्, भागेर अरू जातिस“ग जान्छन् । जसमा खानदानको इज्जत जान्छ । त्योभन्दा राम्रँे सानो उमेरमा विवाह गरिदिए यी सबै समस्याबाट बचिन्छ भन्ने कारण बताए ।

५० जनालाई कक्षा लिएको बेला र्सवेक्ष्ँण गर्दा ५० महिलामा २-३ महिलामात्र मदनपुर, वृत्रि्रष्टोकाजस्ता गाविसमा एसएलसी पास गरेको पाएको उहा“ बताउनुहुन्छ । कानुनको जानकारीको कुरा त कति टाढा छ, यही“बाट अनुमान गर्न सकिन्छ । त्यस जानकारी दिने कक्ष्ँामा अधिवक्ता दीक्ष्ँितले १८ वर्षपुगेका बालविवाह बदर हुन्छ भन्ने कुरा मुलुकी ऐनमा विवाहबारीको महलमा छ भनी जानकारी दि“दा सबै छक्क परेको बताइन् । यहा“सम्म कि यस्तो विषयमा कानुनमा व्यवस्था छ भन्ने कुराको जानकारी नै छैन । त्यहा“का महिलालाई बालविवाह अपराध हो, यस्ता विवाह गराउने अगुवालाई समेत सजाय हुन्छ भनी जानकारी अधिवक्ता दीक्ष्ँितले ती गाविसका महिलालाई दिएपछि अलि चेतना भएको जस्तो अनुभव उनले बताइन् । दीक्ष्ँित अगाडि भन्छिन्- म आफैं पनि तर्राईकै बारा जिल्लाको पिपरा वसन्तपुरको हु“ र मैले ०३९ सालमा ग्रेजुयट गरेको हु“ । तर हालसम्म मेरो गाविसबाट म एक्ली महिला हु“, जो ग्रेजुयट गरेकी छु । महिलाको कम उमेरमा विवाह हुनु पछाडि थुप्रै सामाजिक, आर्थिक, धार्मिक तथा जातिगत मूल्य र मान्यता रहेका छन् । जसले सधैं महिलालाई कम उमेरमा विवाह गर्न उत्प्रेरकको भूमिका खेलिरहन्छ । यसरी महिलाको कम उमेरमा विवाह भएकोले विधवाको संख्या नेपालमा विधुरभन्दा बढी छ । सम्बन्धविच्छेदको समस्या पनि छ“दैछ ।

कतिपय महिलाहरूका स्कुल जाने अवसर पर्याप्त मात्रामा पाउ“दैनन् । पढाइ-लेखाइ नहुने हु“दा उनीहरू त्यतिकै बसेर दिन बिताउनुजस्तो अवस्थालाई मनपराउ“दैनन् । फलस्वरूप सानै उमेरमा विवाह गर्न उद्यत भई त्यहीअनुसार कार्य गर्छन् । पेसागत संरचनाले समेत विवाहसम्बन्धी सोच तथा आवश्यकतालाई प्रभाव पार्छ । धर्ममा विश्वास गर्ने अभिभावकहरू आफ्नो छोरीको विवाहका लागि आतुर हुनजाने परिपाटीले गर्दा कम उमेरमा विवाह गर्ने प्रचलन कायमै छ । तर यी सबै समस्याको सिकार त महिलै हुन्छन् । अभिभावकले आफ्नी छोरीलाई गाईवस्तु ठान्छन् । जुन खुट्टा -गाई बा“ध्ने ठाउ“) मा बा“धिदियो, त्यहीं जिन्दगी बिताउनर्ुपर्ने । यही सब परम्परागत सोच र मान्यता हाम्रो समाजमा कायमै भएकोले सरकारले कानुन निर्माण गरी रोक्ने प्रयत्न गरेको भए पनि त्यसलाई नमानी विवाह गर्ने परिपाटी विद्यमान छ ।

यसले गर्दा यहा“का प्रँयः महिला वैवाहिक हिंसा तथा समस्याको सिकार बन्न पुग्छन् । महिलाका यस्ता समस्यालाई जरैबाट उखेल्नर्ुपर्ने अति आवश्यक छ । अनिमात्र महिलाको पर्ूण्ा विकास हुन्छ । जसका लागि राज्य, सरकार तथा सबै राजनीतिक दलका अगुवाले यी समस्यालाई समाधान गर्न स्थानीय स्तरबाटै लाग्नर्ुपर्ने देखिन्छ । अझ भन्नुपर्दा प्रत्येक राजनीतिक दलले आफ्नो एजेन्डामै वैवाहिक हिंसा कम गर्ने, प्रजनन स्वास्थ्य समस्यालाई सुधार गर्ने, पुरुषलाई मातृ स्वास्थ्य तथा प्रजनन स्वास्थ्यमा अनिवार्य सामेल गराउने, दलले आफ्नो एजेन्डामै वैवाहिक हिंसा कम गर्ने, प्रजनन स्वास्थ्य समस्यालाई सुधार्ने, पुरुषलाई पनि मातृ स्वास्थ्य तथा प्रजनन स्वास्थ्यमा अनिवार्य सामेल गराउने, मातृमृत्युलाई घटाउने जस्ता जल्दोबल्दो महिलास“ग सम्बन्धित समस्यालाई समावेश गराउनर्ुपर्ने देखिन्छ । तबमात्र हुन्छ नेपालको वास्तविक विकास, किनभने जनसंख्याको आधारमा हर्ेने हो भने यहा“ पुरुषभन्दा महिलाको संख्या बढी छ । तर यहा“ बढी भएको जनसंख्याको पक्ष्ँलाई नै उचित ढङ्गबाट व्यवस्थापन गरिएको छैन । जुन व्यवस्थापन गर्नर्ैपर्ने आजको आवश्यकता हो ।

http://www.kantipuronline.com/kolnews.php?&nid=125222

Read Full Discussion Thread for this article