Posted by: world_map October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        
गाम्लेहरू!!!

मैले एक बर्ष भन्दा पुरानो चौतारीबाट यौटा मैले लेख्या कविता भेट्टाएँ, चौतारीकै बारेमा!
यसमा त्योबेलाका गाम्लेहरूको बारेमा लेखिया रैछ। अहिले यहाँ टाँस्छु, अनि पछि, नयाँ गाम्लेहरूको पनि
नाम राखेर थप्छु पछि।

हाम्रो प्यारो चौतारी

हामी सारा गाम्लेको यो हो प्यारो चौतारी
हाँस्दै आइन् ठूल्नानी, नाच्दै आइन् तितौरी :)

नमेले जरो गाडेको अनि सिरेले पानी हालेको
चौतारीको बोटलाइ हाम्ले माया गरी पालेको

यो चौतारीको बीउ ल्याउने हुन् उनै ईश्वर
खोजी गर्दा भौतेको, भयो सबको ठूलो स्वर

आउनु भो मास्टर्नी दिदी मीठा कविता लिएर
कुम्ले, नेप्चे, सान्नानी आए प्रितीको गीत गाएर ;)

पून्टे दाई हसाउने नयाँ नयाँ टिरिक लगाई
जिम्माल बूढाको उस्तै मनोरन्जक कुरा गराई ;)

नेपे दाजी हेडमास्टर चौतारीको स्कूलको
हाम्रा दादा संरक्षक चौतारीको बोटको :P

गोतामे ज्यू झुल्किन्छन् ली कविता चोटिला
गालवको कथा त थियो निकै ठूलो खुड्किला

रमाइलो छ हाँस्यव्यंग्य नयाँ आउने ग्वाँचेको
भौतेको कुरा सुनी हामी हाँसी हाँसी बाँचेको :)

निरे छ यौटा फेरी औंसी र पूर्नेमा मात्र आम्ने
चिप्ले ढुंगामा चिप्लिएर ७ नं रोल छान्ने :D

साहिंला नि लेख्छ कथा कविता पनि राम्रो
मिस्टे र फुलौरे उफ्रन्छन् चौतारीमा हाम्रो। :)

(first published:- August 2006, last year)
Last edited: 10-Oct-07 12:15 PM
Read Full Discussion Thread for this article