Posted by: MR_TRUTH October 9, 2007
End Of MONARCHY = TWO DAYS!
Login in to Rate this Post:     0       ?        
सेनालाई 'एलर्ट' रहन निर्देशन
-
मुलुकमा विकसित पछिल्लो राजनीतिक परिस्थितिप्रति नेपाल सेना 'सर्तक' रहन थालेको छ। नेकपा (माओवादी) ले यही असोज २४ गते दुई लाखभन्दा बढी जनता राजधानीमा उतारेर सिंहदरबार घेर्ने तयारी गरेपछि सेना पनि 'एलर्ट' भएको सुरक्षा सूत्रहरुले बताएका छन्। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सम्भावित परिस्थितिका लागि तयार रहन सेनालाई 'हाई एलर्ट' को निर्देशन दिएको बुझिएको छ।
माओवादीको समावेदन बमोजिम असोज २४ गतेे संसदको विशेष अधिवेशन सुरु हुदैछ। त्यसदिन माओवादी र एकता केन्द्र मसालले सिंहदरबार घेराउको कार्यक्रम राखेका छन्। सिंहदरबार क्षेत्र भनेको राज्य सञ्चालनको केन्द्र मात्र नभएर सेनाको मुख्यालय भएको क्षेत्र पनि हो। त्यसैले सेनाले सीसी क्यामराबाट सिंहदरबार क्षेत्र वरपरका गतिविधि निगरानी गर्न थालेको छ। 'माओवादीले कुनै पनि बेला राज्य सत्ता कब्जा गर्न शहर केन्द्रीत विद्रोह थाल्ने' अनुमान गरिरहेको सेनाको नेतृत्व माओवादीलाई कुनै पनी हालतमा त्यसो गर्न नदिने पक्षमा छ।', एक शैन्य सुत्रको दावी छ। 
माओवादीहरुले पनि सेनासँग निर्णायक भिडन्त हुने सम्भावनालाई केन्द्रमा राख्दै आ207ना रणनीतिहरु अख्तियार गरिरहेका छन्। माओवादीले 'सैन्य इन्काउन्टर रणनीति' बमोजिम सेनाको ब्यारेक वरपर नै योङ कम्युनिष्ट लिगको कार्यालय खडा गरेको छ। सेनाको एक नम्बर बाहिनी रहेकै बालाजु बाइपास क्षेत्रकै नजिक बालाजु औद्योगिक क्षेत्रमा वाईसीएलको केन्द्रीय कार्यालय स्थापना गरिएको छ। यसैगरी शिवपुरी सैनिक ब्यारेकलाई लक्षित गरी बुढानिलकण्ठ, एयरपोर्टमा रहेको सेनाको सुरक्षा टुकडीलाई ध्यानमा राखेर कोटेश्वरको जडीबुटी क्षेत्रमा, थानकोटस्थित सेनाको अखाडाकै छेउमा र लगनखेलस्थित ब्यारेक छेउमा माओवादीले वाईसीएलको कार्यालय स्थापना गरेको छ। यसको रणनीतिक उद्देश्य भनेको भविष्यमा हुने निर्णायक भिडन्तमा सेनालाई बिचबाटोमै रोक्नु हो।
यो रणनीति बुझेको सेना माओवादीप्रति निकै आक्रोशित भइरहेको बताइन्छ। माओवादी सेनालाई राष्ट्रिय सेनामा गाभ्ने र प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउने माओवादीको प्रयासले सेनालाई चिढ्याएको हो। यसैगरी माओवादीले केही दिनयता सेनाका उच्चपदस्थ अधिकारीका नातेदारहरुका घरहरुमा कालोझण्डा गाड्न थालेपछि सेनामा थप असन्तुष्टि बढेको छ। सोही असन्तुष्टिलाई प्रकट गर्दै प्रधानसेनापति कटवालले सैनिक मुख्यालय र नगरकोटमा आयोजित छुट्टाछट्टै कार्यक्रममा 'केही उच्छृंखल तत्वहरुले सेना र जनताको सम्बन्ध धुमिल बनाउन खोजेको' बताएका थिए। 
असोज २४ गते माओवादीले 'अक्टोबर क्रान्तिको रिहर्सल' गर्ने तयारी गरिरहेको सूचनाका आधारमा सेना सर्तक भएको बुझिएको छ। सम्भावित परिस्थितिलाई ध्यानमा राखी सेनामा कसैलाई घर बिदामा जानबाट रोकिएका छ भने अत्यावश्क काममा बाहेक कसैलाई पनि ब्यारेक बाहिर जान नदिइएको बुझिको छ। 'सबै बाहिनी र गणहरुलाई स्ट्याण्डबाइ राखिएको छ'– सैन्य सूत्र भन्छ। 
२०५८ साल मंसिर ११ गते संकटकाल घोषणासँगै ब्यारेक बाहिर परिचालित भएको नेपाल सेनामा वर्तमान संक्रमणकालमा राजनीतिक महत्वाकांक्षा जागेको एकथरिको आशंका छ। यद्यपि, अस्थिर र तरल राजनीतिक परिस्थितिमा मुलुककै स्वतन्त्रता र सार्वभौमसत्ता खतरामा पर्नसक्ने खतराप्रति सेना सर्तक रहनु पनि स्वाभाविकै हो। 
प्रचण्डलाई सेनाको रोक
सेना र माओवादीको यही उहापोहबीच हिजो ऐतिहासिक अमरगढी किल्लाको अवलोकन गर्न डडेलधुरा पुगेका माओवादी अध्यक्ष प्रचण्डलाई सेनाले किल्ला अवलोकनमा रोक लगाएको छ। गणतान्त्रिक महोत्सवको उद्घाटन गर्न डोटी जाँदै गरेका उनले डडेलधुरामा रहेको किल्ल्ाा हेर्न खोजेपछि सेनाले रोकेको हो। 145माथिको आदेश बिना किल्ल्ाा हेर्न नपाइने146 भन्दै किल्ला सुरक्षार्थ खटिएका सेनाका उपसेनानी उदय कार्कीको टोलीले प्रचण्डलाई फर्काएको थियो। प्रचण्डका साथमा सांसदहरु अमृता थापा, रुपा चौधरी, डडेलधुराकै सांसद नन्दसिंह सार्कीलगायत प्रचण्डपत्नी सीता पौडेल, नेत्रविक्रम चन्द, कुलप्रसाद केसी, जनार्दन शर्मा र लेखराज भट्ट सहभागी थिए।
यस सम्बन्धमा सैन्य प्रवक्ता रमिन्द्र क्षेत्रीले भनेका छन् 145फौजको तैनाथी क्षेत्रभित्र जोकसैलाई पनि रोकिन्छ, अन्यथा केही होइन।146
Last edited: 10-Oct-07 02:24 AM
Read Full Discussion Thread for this article