Posted by: CaMoFLaGeD October 9, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

रिट्ठे: चंगा चेट! चंगा चेट!!


सान्नानी: खोइ खोइ रिट्ठे कत्ता कता?


रिट्ठे: उ त्यहाँ माथी हेर न! माथी चौतारीबाट कस्को चंगा चेट भएर हाम्रो तिर आउदै छ ! जाउँ समात्न!


सान्नानी: अरे हो त रहेछ! म नि आउछु! पर्ख यो चप्पल हातमा समातुम्!


ठुली: त्यो त चिनेको चिनेको चंगा जस्तो पो छ ताअाअाअाआ!!


गोताएँ दाई: त्यो साइँध्वालाई नगर् नगर् भन्या मान्दै मानेन छ।


ठुली: कस्को कुरा गरेको दाई? अनि त्यो चिनेको जस्तो चंगा कस्को हो?


गोताएँ दाई: के को चंगा हुन्थ्यो नि त्यो? त्यो त्यहि मदनवा हो! झरेछ पिङ्गबाट! झन लुंगी लगाएर पिङ्ग नखेल्नु भनेको! हलुका मान्छे! त्यो लुंगीले चंगा जस्तो उढाएर यहाँ सम्म ल्याएछ! हत्तेरिका!


Read Full Discussion Thread for this article