Posted by: Rahuldai October 8, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

अनुराधा
भाग ७

दशैं  आयो, दशैंको रौनक भन्दा नि टेस्ट परिक्षाको रौद्र रुप अगाडि थियो। टेस्ट् मा नि फस्ट हुनु मात्र थिएन, एस एल सीको पूर्ब तयारीको अंकलन पनि हुने भएकाले मथिंगल भरि पढाइ बाहेक थिएन। बाहिर् पाकिरहेका र पाकि सकेका खिचडीको कुनै गन्ध पाएनौ। हामी बेखबर पढाइ र राम्रो लेखाई अनि उत्तम नतिजाको खातिर् छलफलमा ब्यस्त थियौं। अनुराधा हिसाबमा पोख्त थिई भने म हिसाबमा कमजोर्। अंग्रेजी र नेपाली भाषामा मेरो उल्लेख्य सुधार भै सकेको थियो।

टेस्ट सकियो। पुन: हाम्रो स्थान उही रह्यो। टेस्ट को रिजल्टले अब भने बोर्ड हान्न सक्छु भन्ने आँट जगायो।

टेस्ट सके पछि पनि डर को त्यान्द्रो अंग्रेजी नै थियो। ट्युशन पढ्ने निधो गरें मैले। अनुराधाको अंग्रेजी अझ केही कमजोर थियो नै। उनले पनि अंग्रेजीको ट्युशन पढ्ने बिचार गरिन् र कस्कोमा पढे राम्रो हुन्छ भनी सल्लाह गरिन्।
"म त भूपल सरको म पढ्छु, नजिक छ, टाइमको पनि बिचार गर्नु पर्छ।"
"म पनि त्यही जानु पर्ला"

"तर म सङ होइन अर्को केटीहरुको ग्रुप बनाउ, हाम्रो ग्रुप भै सक्यो।"
मैले आफ्नो अप्ठ्यारो भनी हालें।
हल्ला गर्नेहरुको  अनि कुरा काट्ने हरेक मुख म थुन्न सक्दिन। अझ चर्को हल्लाले मेरो एकान्त र मेरो तपस्या भङ्ग होस् भन्ने म चाहन्नथें।

उनले पनि त्यही सोचेकी रैछन्। घर परिवारे ले बढि नै निगरानी गर्ने गरि सकेका रैछन्।
ट्युशन पढियो। तर संयोग भनुम् कि बियोग, ट्युशन पढाउने सर् ले पढ्नेहरु को स्तर मिलेन भनेर छुट्टै ग्रुपको सिर्जना गरे छन्। आधारभूत अंग्रेजी जानेकाहरु भनेर बिषेश ग्रुपमा राखियो हामी दुबैलाई।
न चाहंदा न चाहंदै पनि फेरि सङ्गै हिड्ने भयौं। पाकेको खिचडीमा किसमिस हालेर बास्नामय बनाए जस्तो हल्ला हर्‍अर्‍ फैलियो।

"छोरी", हाम्रो सम्बन्धमा कुनै पाप थिएन, कुनै राप थिएन्। सम्बन्धमा कुनै अनुबन्ध थिएन। मन मिल्नु को अर्थ मन साट्नु होइन। घनिष्ठ हुनु भनेको माया प्रेम बस्नु  मात्र होइन। त्यो बाहेक को अर्को सम्बन्ध पनि हुन सक्छ। धेरैले बुझ्दैनन्, बुझ्नेले पनि बुझे जस्तो गर्दैनन्।
एक तमाश ले छोरी कुरा सुन्दै टाउको हल्लाएर मेरो  सत्यलाई लालमोहर लगाइरेहिन्।

यसरी ट्युशन पढन  थालेको २ हफ्ता मै "अनुराधा" ले भोलि देखि म अौदिन भनी। सर् ले किन भनेर सोध्नु भएन। तर त्यो दिन ट्युशन सके  पछि मैले सोधें।
"किन न आउने भनेको? घरमा अप्ठ्यारो परे जस्तो छ हो?"

म संग शंका गर्ने पर्याप्त आधार थियो।
" हो बुबा फेरि रिसाउनु भयो, ट्युशन नै पढ्नु पर्दैन भन्नु भो। पढ्ने भए अर्कै सर् को मा जानु भन्नु भयो।" निकै निराशपूर्ण भाव मा भनी।

"कसैले बुझ्न नसक्ने भयो मेरो भावलाई, हाम्रो सम्बन्धलाई। केटा र केटी आत्मीय मित्र हुनै सक्दैन भन्ने मान्यता संग हारें म।"

धेरै दिन सङै हिड्दा मनको तरङ मिल्ने भै सकेकोले  मनको भाव पढ्नेसक्ने क्षमताको बिकास भै सकेको जस्तो लाग्यो।

"ठिकै छ, तिमी अन्तै पढ, म यही पढ्छु।"

अन्तै पढे  पनि बेला बेलामा अनुराधा मेरो घरमा आउंथी, पढाईको सिल्सिलामा लामै बिचार बिमर्श हुन्थो।
म पनि यो सम्बन्धलाई निकै सहज संग लिंदै, आफ्नो घरको काम (भात त खानै पर्‍यो नि)
अनि बचेको को समय पढाइ लेखाईमा बिताउंथे।अरु साथीभाइ नि सिक्न र छलफल गर्न आउथें। कहिले काहिं त्यो आलु अंकल नि आउंथ्यो र अनुराधा र मेरो बारे  चलेको हल्ला सुनाएर जान्थ्यो।
म भनें,
"प्यार नहीं किया तो डरना क्या" भन्दै त्यस्ता हल्ला लाई ड्ल्ला बनाई निलि दिन्थे।
क्रमश:

Last edited: 08-Oct-07 12:49 PM
Read Full Discussion Thread for this article