Posted by: MR_TRUTH October 6, 2007
साझा किन नेपाल जस्तै?
Login in to Rate this Post:     0       ?        

१ लोडिङ भन्छ तर सविंधान सभा जस्तो कहिल्यै लोडिङ हुंदैन । चक्र घुम्याघुमै छ, तानाशाहि-प्रजातन्त्र-तानाशाहि-प्रजातन्त्र-?

२ २,४ लाखको जुलुसले सधै नेपालको रुप फेरे झैं २,४ जनाको जुलुसले साझाको नक्शा नै फेरिदो   रहेछ ।

३ नियमको काहि्ल्यै पालना हुदैन, कुराकानीमा पनि भिन नं, कोठा चाहियो भन्छन ।

४ मलाइ पुरानै शैलिको शान्ति चाहियो, जे थियो त्यसमै खुशी थिए भन्दा त त्यो बिकल्प नै रहेनछ । "क्लिक फोर ओल्ड स्टायल" चुन्ने त जनताबाट हटेछ ।

५ बिदेशी सहायता(एडभरटाइजिङ) भरमा टिके जस्तो। केवल १५% मात्र स्थान कन्टेन्टलाइ(स्वदेशि उत्पादन)  ।

६ क्विक पोल छ याहाँ तर निर्वाचन आयोग जस्तै सधै धुलो लागेको निष्किर्य अफिस ।

७ साझा डिसकेलेमर किन आधा स्पेस लिएको हो कु्न्नि ? अमेरिकन शैलिको मसिनो अक्षर कानुनी रुपले भ्यालिड भएको नेपालिले कैले सिक्ने हो कुन्नि ? (वासियल ले कब्जा जमाएको होला)

८ गिरिजाबाबुको शरणमा सधै नेपालिहरु जानु पर्ने भन्या झै साझा बाहेक नेपालिहरुको अर्को बिकल्प के?

९ रमझम र च्याउ झै डान्स क्याबिन रेस्टुरेन्ट उस्तै उस्तै हुन क्यारे । कसले कसको सिको गर्या हुन पत्ता लगाउन गार्हो छ ।

१० जति गालि गरेपनि जति होच्याए पनि सबैजनाको दिलमा नेपाल भने झै साझा पनि त्यसतै त्यसतै ।

११ साझामा ३३%  कलर पिङ्क छ। महीलालाई ३३% छुट्याको होला, नेपालको नया सम्बिधानले जस्तै । -भउतेबाट

१२ लिम्बुवान, खम्बुवान, मधेशी,चूरेभावर,काठमाडू भनेपनि सानो देशको लागि कुरो एउटै (नेपालि) होइन र? कुराकानि,पोलिटिक्स,करेण्ट अफेर, इमिग्रेसन जे भन्या पनि कुरो आखिर एउटै (गफगाफ) होइन र ?

१३ क्लिक गरेपिच्छे "प्लिज वेट" भन्छ, हरियो पत्तामा(घुस नोट) थिचे चांहि तुरुन्त काम बन्छ ।

(सान संग अग्रीम माफीका साथै अरु पनि जोडम है)

Last edited: 06-Oct-07 09:52 PM
Last edited: 06-Oct-07 10:11 PM
Last edited: 08-Oct-07 03:20 AM
Read Full Discussion Thread for this article