Posted by: nepalean October 4, 2007
मेरोसंसारको बदमासि
Login in to Rate this Post:     0       ?        

खास त मेरो संसार ब्लगलाइ ध्यानै दिन छोडेको धेरै भयो, तर याहा केही चिनेजानेका मित्रहरुले दुखेसो पोखेको देख्दा २,४ शब्द लेख्न मन लाग्यो ।

मैले मेरो संसारको पहिलो ब्लग देखीनै पढ्दै आएको थिए। उमेशले यही साझाबाट आफ्नो साइटको प्रोमोशन गेरेको थियो । तर उसको बानीले गर्दा सुरूमै धेरै आलोचना खेप्नु पर्यो साझामा। हेर्नुहोस यो थ्रेड - http://www.sajha.com/sajha/html/openthread.cfm?forum=2&threadid=21935 तरधेरै समय सम्म उसले आफ्नो सुचना तेहि थ्रेडमा लेख्दै गयो । पछि मनग्गय भिजिटर आउने थाले पछि उसले "हो म मेरै बिज्ञापन गर्न आएको हो, अब आउदिन भन्यो" । मैले "पत्रकार भएर सुचना प्रेशण गर्न तर झगडामा नफस्न" सल्लाह दिएको थिए। त्यस पछि उसले मेरो कुरा पोजेटिभलि लिएको थियो। सुरुमा ब्लग सुरु गर्दा हावा खाले कुरा गरेर मान्छे बटुल्ने गर्थयो। पछि "नेपाली यौनमा उदार" भनेर ३-४ भाग पनि पुरूष र महिलाका नांगा तस्बिर टास्यो। यस्तै हावा,यौन र अलि अलि राजनिति गर्दै ब्लग चलायो उसले। केही समय पछी साना बच्चाहरुको यौनको ब्लग चित्र सहित राख्यो। त्यस पटक चाही उसले बाल यौन प्रयोजन गरेको भनेर ब्लगनै बन्द गराए blogsome.com ले। त्यस पछि उ यौनबाट टाढै बस्यो। उता नेपालमा राजनिती निकै तातेको थियो । फेरि उसले नियमित जागिरबाट पनि हात धुनुपर्यो। अनि उसले पुरै समय ब्लगमा बिताउन थाल्यो। त्यस पछि उसको क्षेत्र राजनिती बन्यो। संचार सेन्सरसिपमा पर्दा उसका निकै चोटिला लेख र भिडियो ब्लग निकै चले। उसको ब्लगको धार धेरै नै परिब्रतन भयो, पुराना पाठकका साथै नया पाठक थपिए या पुरै नया पाठक बढे तर उसको ब्लग निकै लोकप्रिय बन्यो। मान्छेले दिल खोलेर आर्थिक सहयोग पनि गरे। त्यसपछि उसको ब्लगले थप रुप रेखा बनायो तर त्यो स्वरुप प्रस्ट हुने बेलामा प्रखर माओबादको भेषमा निस्कियो। मनग्य पाठक र सहयोगले उसले धेरै बिबेक गुमायो। ब्लग कोर्ने आला काचा हात बलिया हुदा हावा हुरी कमेन्टसितै स्पष्ट र सही कुरा लेखेका कमेन्ट मिसाइए र सिधै निशाना बने र मेटिए। उसको ब्लगको उतार चढाब संगै म आफुलाइ पनि धेर थोर उसको ब्लग संग समयोजन गराउदै लगे। नेपालको अदालतको दरिद्रता देखेर पाहुनाको तर्फबाट उसको ब्लगमा लेखेको नि थिए - http://www.mysansar.com/?cat=23&paged=18 ।त्यतीबेला मेरो लेखलाइ पनि "उमेश जि, सही लेख्नु भयो" भन्ने कमेन्ट आए। मलाइ त अचम्मै लाग्यो, कस्ता पाठक रहेछन मेरो संसारमा भन्ने। म पनि उत्साहित भएर गएको पुष २७ मा पृथ्वी नारायण शाहको मुर्ती ठाउ ठाउमा फुटाएको बारमे लेखेको थियो। त्यो लेख मैले जे देखे, त्यही लेखेको थिए, झलक् हेर्दा पृथ्वी नारायण शाहको पक्षमा लेखे जस्तो देखिन्थयो । त्यो लेखले मेरो संसारमा ठाउ पाएन। पछि मैले साझा चौतारीमा राखेको थिए त्यो लेख। केही साथिले निकै मन पराएको थिए र त्यो बेला मैले सुटुक्क भनेको थिए "त्यो लेख त मेरो संसारमा नछापिए पछि चौतारीमा टासेको  हो नि"। त्यसको केही समय पछि मण्डलेहरु मेरो ब्लग नहेर्नु भनेको थियो उमेशले। अनि बल्ल थाहा पाए किन पृथ्वी नारायण शाहको  लेखे नछापिएको रहेछ भनेर, एक मन त हासो पनि उठ्यो , म क्या मुर्ख त्यस्तो लेख माइसंसारमा छाप्न पठाउने भनेर । झन उहि कुमार लामाका छापिने बकम्फुसे कार्टुन देखेर उमेशको ब्लग गजब नै लाग्थयो- http://www.mysansar.com/?cat=23&paged=10। तर मैले माइ संसार हेर्दै गए । खास कान्तिपुरको आफ्नै ढर्रा अनि नेपाली खबर दिने तेस्तो गतिलो साइट नहुदा दिनमा एक पटक माइ संसार क्लिक गर्थे। कुनै बेला परेवा.कम थियो तर त्यो पनि बिचैमा बन्द भयो। तर झन झन माइ संसारमा सारै नराम्रा शब्द थपिने , बहु लठ्ठीपुर्ण ब्लग लेखिने तथा अबिबेकिय क्रियाकलाप तिब्र भएकोले मेरो संसार ब्लग जान बन्द गरेको हुं । जो साथिहरु मेरो संसार देखि दिक्क हुनुहुन्छ, त्यो साइट जान छोड्नुहोस, २-३ हप्ता पछि मेरो संसार भन्ने साइट पनि छ र भनेर आफै सोध्नुहुन्छ। चुरोट छोड्दा एकदम गुड फिल भएको छ, माइ संसार छोड्दा त भेरी गुड फिल भएको छ मलाइ ।

"अहिले यो लेख लेखिरहदा १०५ अनलाइन रहेछन । यसको अर्थ ब्लग लोकप्रिय नै रहेछ" तर अलोकप्रिय भएको चाहि के थाहा ?

पढ्नुहोस माइ संसारमा मण्डले ठानिएको लेख :

कुझो मुर्ती

- नेपालियन/ मिनीसोटा, अमेरिका

 

आकाशगंगामा सबभन्दा सुन्दर ग्रह पृथ्वी जती रमणिय छ त्यहां जिउन तेतीकै कठोर पनि छ। जिउनको निम्ति सबल ब्यक्ती त बडो संघर्ष गर्नु पर्छ, अपांग भए त कुरै नगरौ । जिउदाको यो गती, निर्जीब झन दुर्गती। फेरी समयको बेगलाइ कस्ले पो छेक्ने । राजा ज्ञानेन्द्रले चलाएको डुगांको छालले नेपालको जन्म दिने उनका पुर्खलाइ समेत बगाइ छाड्यो । अन्तत सिंहदरबार अगाडीको पृथ्वी नारायण शाहको मुर्तिले फुल, माला र ढुगांको सामना गर्नु पर्यो यही पुष २७ गते । जर्मनीका बिसमार्कसंग तुलाना गरिएका ब्यक्तीको यस्तो दुर्दशा इन्टरनेटका पानामा देख्दा नमिठो अनुभव भयो । यसको समाधान के त ? कि त भारतीय चलचित्र लगे रहो मुन्ना भाइ मा महात्म गान्धीको मुर्ती फुटाउनेलाइ अरु पनी फुटाउने देउ तर अन्तयमा उनलाइ मुटुको एक कुनामा राख भनेर सल्लाह दिन अदृष्य महात्म गान्धी जस्तै अदृष्य पृथ्वी नारायण शाह उत्पन्न हुनु पर्यो नत्र यसको समाधान कोही संग पनि छैन कारण मुर्ती फुटाउनुको ठोस कारण ति फुटाउनेसंग पनि छैन। भिडियोमा देखिएका मुर्ती फुटाइएका खुशीका अनुहारहरू ऋतीक रोषनको पूत्ला जलाउने संग हुबहु मिल्दथे। किन होला त नेपालको सडक सद्दाम हुसेन फासीमा चढ्दा होस या निहत्था मान्छे माडीमा एम्बुसमा पर्दा होस सधै तात्तिने गर्छ। हामीमा आफ्नै महत्व नभएर हो की धेरै आत्म सम्मान भएर ? धेरै आत्मसम्मान भए त उत्तर र दक्षिणका ठुला ठुला ढुगांहरु सुन हुदा हामीहरु हिरा बन्नु पर्ने, किन कुहिएको तरुल भएर बस्नुपरेको? आफ्नो महत्व नभए त १२ जना नेपाली इराकमा मारीदा स्वफुर्त रुपमा नेपाली त्यसको बिरुदमा किन उत्रिए? फेरी तेइ पर काशमिरमा नौ जना नेपाली मारिदा कसैले चालै पाएन? यसरी प्रश्न माथी प्रश्न थुपार्दा नेपालीहुनुमा गर्वको सट्टा ग्लानी थुप्रिन्छ। यस्ता याबत समस्याको जड के त ? नेपालका सरकारी बोर्डमा अंक ५ सजिलै मेटाए जस्तै यस्तो कुरा सजीलै मेट्न पक्कै पनि सम्भव छैन। के देश चलाउने उर्जा सदुपयोग नभएर बाटो भरी छर्पस्टिएका हुन त? अणुमा उर्जाको दुरुपयोग गरेर जापान तहस नहस भयो भने तेही उर्जा मानव कोषमा सदुपयोग भएर अहिले बिकासको उत्कर्षमा पुगेको छ जापान। कुकुर तह लगाउने कुकुर बिशेषज्ञ सिजार मिलान हुन या रकेटलाइ अन्तरिक्षतिर उडाउने रोबर्ट गर्डाड, दुबैले उर्जालाइ योजना सम्पन्न गर्न ठुलो महत्व राख्छन। त्यसोभए नेपालका खोला नालाका उर्जा बगेर समुन्द्रमा गए जस्तै नेपाली जनताका उर्जा बगेर बिदेश गएको या देशमै खेरा गइराखेको हो त? नेपाली जांगर र मिहेनेतको अबमुल्यन गर्न नै मिल्दैन नत्र भारत देखि अमेरीकाको ओसियन सिटी सम्म नेपाली भएकै भरमा काम पाइने स्थीती हुदैनथ्यो। त्यसो भए नेपाली जनता कता चुके त? नेपाली जनतालाइ नेपाली पद बाहेक प्राय सम्पुर्ण अबसरबाट बन्चित राखियो। जनताको चुलोमा खाना पकाएर जनतालाइ भोकै राखियो। जनता भोकमरीले झन सिथिल भए। अधिकार र सुबीधाको कुरा त के मानब मुल्यको नै पत्तो पाएनन, कुन सही कुन गलत, कुहिरोको काग जस्तै रुमलिरहे नेपाली जनता। अबको पालो जनताको हो। तन्त्रै तन्त्रले जनतालाइ झुक्काउने होइन, जनताको समस्या जरोमै गएर सम्बोधन गरीनु पर्छ । सम्पुर्ण जनता सम्मानका साथ बाच्न पाउनुपर्छ । बहादुर, थापा, शाह हुन या कुनै बादी ,समुह वा गुट, उपगुट, सबै कानुन भित्र सहि रुपमा पर्नु पर्छ। सम्पुर्ण जनताको उर्जा सही रुपमा प्रयोग हुनु पर्छ र त्यसको उपलब्धी जनताले यथार्थमै पाउनु पर्छ। नत्र भने संसार निर्जिब बस्तुमा हात, खुट्टा जोडेर मानव जस्तै दक्ष बनाउदै भविष्यतिर लम्किरहदा हामी निर्जिब मुर्तिलाइ कुझो बनाएर इतिहासको यात्रामा लागिरहने छौ।

 

Last edited: 04-Oct-07 11:03 PM
Last edited: 05-Oct-07 12:02 AM
Read Full Discussion Thread for this article