Posted by: shirish October 4, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        

अफशोच ! तिम्रो पनि नामो निशानी रहेन !

जलाएं आफूलाई यति धेरै कि खरानी रहेन !

 

तिम्रो उज्यालो हेरेर काफी अन्धो भै सकेछु

रगतको नाताहरु समेत चिनाजानी रहेन !

 

तिमीले अरुको अंजूलीमा भरेको झंकार सुनें,

मेरो पनि तिमीबाट मात्र पिउने बानी रहेन !

 

नानाथरि सुनाउनेको मनोमानी कति सहुं ?

तिम्रो प्रसङ्ग चल्दा मैले गर्ने कुराकानी रहेन !

 

गहिरो पींधमा झरेर मनले नाली पिई रह्यो

मेरोनिम्ति जब तिम्रो सागरमा पानी रहेन !

Read Full Discussion Thread for this article