Posted by: urfrenrites October 4, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        

सबैलाइ नमस्कार गरे ल मैले,

रिट्ठेले अझै पनि मलाइ सम्झिदो रैछ।

यो पिपेले बल्ल कुरो ल्यायो। हो दुइटा भन्कुडे थ्यो। त्यो लुते चाहिं घरजम गरेर बस्या छ। अर्को भकुन्डे चाहि येहि मोरो 'शकुनि' हो। हिडेको इस्टाइल नै सकुनिको। मोरो अरुलाइ चम्काउने अनि झगडा गराउने पनि ठ्याक्कै सकुनि इस्टाइल। अब येहा बिर्खे को सट्टा उहि तिर्खेको कुरो गरि रछ। तिर्खे त उस्को साख्य काका, तेहि भएर भतिजोको पनि तिर्खा तेसतै छ के।

एक चोटि यो 'सकुनि भकुन्डे' तरुनिको हातबाट चन्दन् थाप्न पशुपतिमा दौडिदै थ्यो। उस्को साथिहरु सबै 'चन्दन्' लाएर फर्किदा सकुनि आफ्नै इस्टाइलमा हस्याङ् र फस्याङ गर्दै पुगेछ। बाङो बाङो शरिर, भन्कुन्दो जस्तो हाइट, ति तरुनिले त 'माग्ने' भन्ठानेर " एक रुपियाँ" पो दिए रे भनेर पछि सम्म नक्साल, रातोपुल र पशुपति सबै हास्थ्यौँ।

"त्यो एक रुपियाँ" अझै छ सकुनि भकुन्डे? त्यो हेर्दै रुदाँ त आशुँ र सिङान केहि पनि निल्न बाकि राख्दैनथ्यो रे नि हो?

Read Full Discussion Thread for this article