Posted by: Eklavya October 4, 2007
मेरोसंसारको बदमासि
Login in to Rate this Post:     0       ?        
मित्रहरू,
मलाई त लाग्दैन उमेशजीको मेरोसंसार त्यति बिघ्न पूर्वाग्रही नै छ भनेर ।

राजनीतिक आस्था सबैको एउटै हुनुपर्छ भन्ने छैन अनि बिद्रोही शक्ति प्रतिको अनुराग पनि गलत हैन । साथै ब्लगमा कमेण्ट लेख्नेहरू सबै सन्तुलित र सभ्य ढंगले प्रस्तुत हुन्छन भन्ने पनि छैन र धेरै कमेण्ट माओवादीको विरोधमा लेखिएका हुन्छन् र प्रकाशित भएनन् वा गरिएनन् भन्ने कुरा पनि गलत हो । कमेण्टहरूलाई स्थान दिने क्रममा थोरै यताउता भएको होला । तर यो कहाँ हुन्न र ? आज राष्ट्रलाई निष्पक्षतापूर्वक बाटोमा हिँडाउछु भन्नेले मुलकलाई कन्तबिजोग पारेका छन् एकलौटी पारेर भने जाबो आफ्नो व्यक्तिगत ब्लगमा उमेशले आँफूले चाहेको कमेण्टलाई स्थान दिए त कौन सा नराम्रो गरे र ? तैपनि यसमा उमेशको ध्यान अवश्य जाला नै ।

उमेशजीलाई पनि सानो सल्लाह ,
तपाईँको ब्लग अति लोकपृय छ , तर गालीगलौजको स्तर भन्दा माथि उठाएर यसलाई बौद्दिक, तार्किक र शिष्ट बहसका लागि नै सञ्चालन गरिरहनु होला ।
Read Full Discussion Thread for this article