Posted by: sumedhu October 4, 2007
Attack on Bahuntantra in Kathmandu
Login in to Rate this Post:     0       ?        
पिदाहाल,
म पनि बाहुन हुँ त भनिस् ठिटा, तर सुंगुर , बंगूरको पनि जात हुन्छ र यार ?

बाहुन नै होस् भने अरूको इज्जत गर्न सिक्, परिश्रममा विश्वास गर् , गरी खान सिक् । बिदेशमा टट्टु बन्न नजा बरू कुहिना घोटेर टुप्पि बाँधेर पढ् अनि जागिर र राजनीति जे गर्न पर्छ मुलुकमा नै गर्न सिक् । बरू लोभी बन्, तर चोरी नगर् । बाहुनबाट सिक् अनि अहिले कमाएको अहिले नै नउडा बरू साँच्न सिक् अनि परेको बेलामा सही सदूपयोग गर्न सिक् ।
सबै नेपाली जातका आफ्ना विशेषता छन् अनि सबै का राम्रा गुण र सिपहरूलाई अपनाउन सिक् । सद्बाव र राम्रो कुराको प्रचार गर्न जानिस् अनि सबै प्रति सकारात्मक सोच लिएर बाँच्न र व्यवहार गर्न सिकिस् भने मलाई विश्वास छ , तँ मात्र हैन धेरै निच मनोवृत्ति बोकेका दुष्ट मनोग्रन्थीहरू पनि मानव हुन सक्छन् । पहिला मानव हुन सिक् अनि आवश्यक परे जातको कुरा गर्नू ल !
Read Full Discussion Thread for this article