Posted by: SateLite October 4, 2007
मेरोसंसारको बदमासि
Login in to Rate this Post:     0       ?        

"मेरो संसार" र "साझा"  को म रेगुलर भिजिटर भन्दा हुन्छ अनि बेलाबखत आफुलाइ मनमा लागेको कुरा कमेन्टको रुपमा हाल्ने कोसिश गर्छु ! केहिपल्ट डिलिट भय केहि पल्ट प्रकाशित पनि भय र डिलिट या प्रकाशित भयकोमा मलाइ कुनै गुनासो या खुसि केहि छैन ! काम नगरि आफ्नो नेटको बिलतिर्नपनि पैसा आउन्न अनि नेपालमा मलाइ न राजा ज्ञानेन्द्रले न प्रचण्डले नै काम गर्ने बातावरण दिय अब अरु राजनितिक दलका ब्यक्तिबिशेष नेताहरुको नाम यहाँ नलिउँ ! तर मित्रहरुले यहाँ उमेश श्रेष्ठ र उनको ब्लगको बारेमा अनि डोनेशनका बारेमा ब्यक्त गर्नुभयका केहि धारणा पढ्दा
स्व-बुद्दिजिवि भनिने प्रयासमा प्राय देखिने मित्रहरु जो बेलाबखत कमेन्टहरुमा निकै पुराना राजनितिक,सामाजिक र ब्यक्तिगत घटनाक्रमहरुको रोचकताका साथ प्रश्तुत हुनुहुन्थ्यो र मैलेपनि उहाँहरुका
लेख र कमेन्टका आधारहरुमा बुद्दिजिविकै संज्ञादिन रुचाउँथे तर अहिले अलि नसुहाउने भाषामा प्रस्तुत हुनुभयको देख्दा अचम्म लाग्यो !
 हुनसक्छ यहाँनिर मित्रहरु मध्ये केहि त्यहाँ प्रकासित कमेन्टहरुसहित यसको प्रतिउत्तरकासाथ आउन सक्नुहुन्छ "यो पनि मावो या प्रचण्डकम्पनिकै एउटा हो" भन्ने रोचक भनाइसहित ! सायद त्यो कुरालाइ Justify गर्न केहि कमेन्टहरुको कपि-पेष्टपनि होला तर मलाइपनि न उमेश या न प्रचण्डसित या न त राजा ज्ञानेन्द्रसँग नै कुनै लेनदेन छ ! पढेर,सबै तिरेर अलिकति केहि बँचेमा नेपालतिर केहि रकम पठाउने आम-युवाहरुको एउटा पात्र नै हुँ म पनि त्यसैले कसैलाइ उसको दृष्टिकोणका आधारमा आक्षेप लगाउनु उति उपयुक्त नहोला ! मलाइ अहिले राजा अनि उनका आसेपासे ठिक नलागेका हुनसक्छन अनि YCL का अराजकताकोपनि म बिरोधि हुनसक्छु तर कसैले राम्रो काम गर्दैछ भने त्यसलाइ केवल आस्था फरक भयको कारणले गालि गर्ने पक्षमा म छैन !
मेरापनि धेरै कमेन्टहरु प्रकासित भयका छैनन धेरै ठाँउमा तर सबैलाइ गालि गर्दै हिँड्न अलि सुहाँउदैन ! होला सायद कसैले यो साइटलाइ राजावादि या यस्तै कुनै नाममा बर्गिकरण गरेर कुनै साथिहरुको IP Address नै Bann गरेको होला त्योकुरामा सम्बन्धित मान्छे या उसको संकिर्ण सोँच जिम्मेवार होला !

माथि राहुलभाइजिले भन्नुभयको कमेन्ट मैलेपनि पढेँ तर त्यसरि आत्तिनुपर्ने कुनै कारण मलाइ लाग्दैन ! अब यहाँ मलाइ मन्डले या उग्र कम्युनिस्ट कसैले भन्छ भने म हाँस्न सिवाय त अरु सक्दिन ! किनकि साँझ काममा त जानु नै छ ! अब नेपालमा रहेका बेरोजगार नेताहरुका बारेमा सधै बहस गर्ने कुरा त आँउदैन अनि अर्को कुरा अरुको असहमतिले आफ्नो धारणा बदल्नुपर्छ भन्नेपनि मलाइ लाग्दैन ! तर एउटा कुरा उमेश या कसैलेपनि मेरो सोँच या कमेन्ट प्रकासित नगर्दैमा मैले उनको बिपक्षमा Vomit गरिरहनु जरुरि हो जस्तो मलाइ पटक्कै लाग्दैन मित्रहरु ! बाँकि हजुरहरुको इच्छा ! Cool Down मित्रहरु हामि सबै एउटा समृद्द नेपाल चाहन्छौँ ! बहस र छलफल त प्रजातान्त्रिक आभ्यास नै हो तर ज होस "चना तरकारिजि"ले आफ्नो धारणा राख्नुभयकोमा धन्यवाद भन्नैपर्छ, यो अर्कै बिषय हुनसक्छ कि म उहाँसँग सहमत नहुँला !

मेरा निम्ति साझा र मेरो संसार दुबै राम्रा साइट हुन अरुसाथिहरुका बिचार पढ्न र समाचार थाहा पाउन !

अनि रह्यो Donation को कुरा !!! मलाइ लाग्दैन कि यहाँहरुमध्ये कसैले उमेशको साइटलाइ कहिल्यै Donate गर्नुभयको छ भनेर ! यो त आ-आफ्नो निजि कुरा हो ! अरुले Donate गर्दा आपत्ति जनाइहाल्नुपर्छ जस्तो मलाइ लाग्दैन ! बरु honestly यि सबै कमेन्टहरुले मलाइ के सोँच्न बाध्य बनायो भने उमेशको साइट ले आफ्नो स्थान जनतामाझ बनाइसकेको रहेछ ! अब Popular कुराकै आलोचना बढि हुने सँसारिक नियम हो ! यसलाइ सामान्यरुपमा लिँउ मित्रहरु !!

Thanks

Sate

Last edited: 04-Oct-07 11:05 AM
Last edited: 04-Oct-07 11:07 AM
Read Full Discussion Thread for this article