Posted by: Acharya Dilip October 4, 2007
यहाँ यस्तै हुन्छ (सूत्रकथाहरु)
Login in to Rate this Post:     0       ?        

 

 

 

एक

 

यौटा भेडा पानीमा हामफाल्दा सय वटा भेडा पछि पछि हामफाल्ने कथा बिद्यार्थीलाई पढाएर शिक्षक कक्षाकोठा बाट बाहिर निस्केका मात्रै थिए बाहिर बाटोमा - जना अगुवाको पछाडी हजारौंका संख्यामा झण्डा बोकेका मानिसहरु यन्त्रबत् 'जिन्दाबाद!' "मुर्दाबाद" को नारा लगाएर हिडदै गरेको देखीयो

 

दुई

 

देशमा शान्ति बहाली गर्न भनी बिभिन्न समूहले बृहत शान्ती र्‍यालीको आयोजना गरे र्‍यालीमा बिसाल जन सहभागीता भए पछी सो सफलताको 'जश' कसले लीने भन्नेमा भनाभन र बाद बिबाद भयो सोहि क्रममा मुठभेड झडप हुदां एक सय भन्दा बढि मानिस र्घाईते भएको खबर साँझको पत्रिकामा निस्क्यो

 

तीन

 

आफ्नो देश भनेपछि हुरुक्कै हुने देश भन्दा माथी केहि पनि हुनै नसक्ने बताउने केहि समूहले देशकोलागी 'एक' हुने ऐतिहासिक निर्णय गरे देशलाई स्थाईत्व दिने प्रगतिपथमा लम्काउने यौटा बेजोड योजना पनि आफूसंग भएको कुरा एकताबद्घ समूहका नेताहरुले प्रेस विज्ञप्ती मार्फत पत्रकारहरुलाई जानकारी गराए पत्रकारहरुले उक्त "बेजोड योजना" को बारेमा अलि बढि प्रकाश पार्न अनुरोध गरे एकताबद्घ समूहका नेताहरुले एकैछिन कानेखुशी बिचार बिमर्श गरे अनी सो योजना हाल स्विकृतिको लागी बिदेश पर्ठाईएको बिदेशबाट पारीत भएर प्राप्त हुनासाथ तुरुन्तै र्सार्बजनिक गरीने बताए

Read Full Discussion Thread for this article