Posted by: once in a while October 3, 2007
हिमानीको नाटक
Login in to Rate this Post:     0       ?        
साथीहरु, यदी हामीहरु आफूलाई प्रजातन्त्रीक र मानवाधिकारवादी मान्छौं भने अर्काको ब्यक्तिगत जीवन माथि अनावश्यक टिप्पणी गर्ने, मर्यादा बाहिर गएर कुरा गर्ने छोडौं। हिमानी पारसको श्रीमती र ज्ञानेन्द्रको बुहारी हुनुले हिमानीको आफ्नै ब्यक्तिगत जीवन केही छैन? उनले आफ्नो जन्मदिन मनाउन पनि नपाउने? धर्मकर्म गर्न नपाउने? my sansar.com को उमेशजीले त झन उनको पहिरन, चुरा जस्ता कुराको पनि टिप्पणी गरिराख्नु भाछ। तपाईं हाम्रै दिदी बहिनी, भाउजु, श्रीमतीलाई हेर्नुस्, मौका पाउने बित्तिक्कै कत्तिको झकिझकाउन हुन्छन। हिमानी पनि त मान्छे हुन नि। हिमानी द्वारा कुनै नराम्रा कामहरु भएका छन् भने स्वस्थ आलोचना गर्न सकिन्छ, होइन भने उनले आफ्नो जन्म दिनमा पशुपती गएको, बूढाबूढी अशक्तहरुलाई खानेकुरा बांडेको जस्ता नितान्त ब्यक्तिगत कुरालाई यति धेरै चर्चा गर्नु मनासिब् छैन। राजपरिवारको सदस्य हुनु नै गल्ती हो र? हामीहरु आफूलाई लोकतन्त्रबादी भन्छौं, स्वतन्त्रत्राबादी भन्छौं, तर हामीभित्र चर्को संकिर्णता छ, भित्र भित्र अधिनायकबादी सोच् छ। हामीभित्रको संकिर्णतालाई, अधिनायकबादी सोचलाई नफ्याके सम्म गणतंत्र आएर केही हुने छैन,लोकतन्त्र, साम्यबाद जे सुकै आएपनि केही हुने छैन। ब्यक्ति परिबर्तन हुनेछ, संस्कार परिबर्तन हुने छैन।
Read Full Discussion Thread for this article