Posted by: ठरकी दादा October 3, 2007
मेरोसंसारको बदमासि
Login in to Rate this Post:     0       ?        
कसैको टीप्पणी मेटनु भनेको त्यो टीप्पणीको प्रतिवाद गर्न नसके पछी आफ्नो हार लुकाउन गरिने प्रयास मात्रै हो ।

तिजको बेलामा त्यहि ब्लगमा महिलाहरुले लगाएको चुरा र गहनालाई मात्रै "फोकस" गरेर यौटा तसबिर टासीएको थियो । त्यतीबेला त्यो ब्लग चलाउनेलाई गहना लगाउनु भनेको सौभाग्यको प्रतिक होईन "सो अफ" हो भन्ने "ज्ञान" प्राप्त भैसकेको रहेनछ र टासेछन क्यार ।

हालै मात्रै तीनलाई हिन्दू नारीले बेला पर्बमा सौभाग्य झलकाउन हैन "पोज" देखाउन गहना लाँउछन भन्ने ज्ञान भएछ ।

त्यो ब्लग "साझा" जस्तो स्वतन्त्र ब्लग होईन । त्यहा आफुलाई मन नपरेको लाई "कुकुर" "गधा" जस्ता अत्यन्तै अशीष्ट शब्द प्योग गरे पनि राखिन्छ तर रचनात्मक कमेण्ट गर्‍यो भने झीकीन्छ ।

आफ्नो कुरामा असमर्थन हुनेको कुरा सुन्न नसक्नु यौटा हिन भावनाले ग्रसित रोग हो ।

हाहाहाहाहाह मलाई त्यो रोग लाग्या छैन त्यसेले जस-जसलाई मेरो कुरा चित्त बुझ्दैन लेख्नु होला सके प्रतिबाद गर्छु नसके एक पेग पिएर हार मान्छु ।

ठरकी
Last edited: 03-Oct-07 01:03 PM
Read Full Discussion Thread for this article