Posted by: CaMoFLaGeD October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
प्यारा अखन्डबादीहरु! यहाँहरुले हामी समक्ष निवेदन गर्नुभएका दुई बुदेँ मागहरु देखेर हामी प्रशन्न हुइबक्सेका छौँ। जनताहरुको चौतारी जनयुद्धमा हाम्रोपनि उत्तिकै समर्थन रहदै आएको कुरा हामी पुन: यहिबाट प्रष्ट पारिबक्सन्छौ। जनतालाई साथ लिएर जनताका मागहरु पुरा गर्ने हाम्रो कुम्ले बंशको गौरवमय परम्परा रहदै आएको कुरा हामी फेरि यहि महाबाणीबाट भन्न चाहिबक्सन्छौ। यहाँहरुको मागलाई ह्रिदयङम गरी सो मागलाई चाँडो भन्दा चाँडो पुरा गर्न हामीले हाम्रै अध्यक्षतामा एउटा एक सदस्य टोली घठन गरिबक्सेका छौँ। क्रिपया ती १० घरहरुको ठेगाना, दुईप्रति पासपोर्ट साइजको फोटो अनि "श्री कुम्ले महाराजको जय जय जय" लेखेको तिनवटा ब्यानर लिएर पश्चिम गेटमा रहेको हाम्रो जनसम्पर्क कार्यलयमा बुझाउनुहोला। त्यस्को लागी लाग्ने राजस्वपनि त्यहि बुझाउनु होला। साथै मृत्यूदन्ड दिने ५ जनाको नामपनि त्यसै गरि राजस्व र ब्यानर सहित त्यहि ढोकामा बुझाउनु होला। मृत्यूदन्ड हेर्न मन लागेका प्यारा चौतारीबासीहरुलाई दक्षिण गेटबाट मिती २०६४ असोज २० गते बिहान ९ बजे लाइन लगाएर पठाउनु होला। सम्पुर्ण चौतारीबासीहरुले लगाउनुपर्ने पोशाकको बिबरण त्यहि ढोकामा उपलब्ध छ। सबैलाई "श्री कुम्ले महाराजको जय जय जय" लेखेको ब्यानर लिएर आउन उर्दी जारी गरिएको छ। श्री चौतारीमाईले हामी सबैको कल्याण गरुन्। जय साझा!
Read Full Discussion Thread for this article