Posted by: Birkhe_Maila October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
समपूर्ण आदरणिय चौतारीसमुदायमा हाम्रो पार्टी चौकपा (खाओबादी)को तर्फबाट रातो नमस्कार! आदरणीय चौतारीजनसुमदाय, चौतारीमा सदियौँ देखि लादिएको, हैकमबादी, सामन्ती, यथास्थितीबादी, प्रतिगमनवादी, जारशाही, तानाशाही साशन प्रणालीले पटक पटक देखाउने बुर्जुवा प्रवृतीबाट सम्पुर्ण जनसमुदाय अत्यन्त त्रशित, आतंकित, र निरिह बनेको तितो यथार्थ हाम्रो सामु छ। हालै कुम्ले शाहीबाट स्वघोषित रुपमा चौतारीबासिको नाममा दिइएको दिइएको कथित सम्बोधनको हाम्रो पार्टी घोर भर्तसनाको साथसाथै नैतिक बिरोध गर्दछ! यस्ता शासकहरु र तिनका भारदारहरुलाई हदै सम्मको भौतिक कार्वाहि गर्ने हाम्रो पार्टीको निर्णय र हामिले बिजय पाउँदै आएको चौतारी जनयुद्धलाई निरन्तरता दिने सिलसिलामा, राज्य आतंकबाट सम्पुर्ण जनतालाई मुक्त गर्न यो हप्ता हामिले निम्न योजनाहरु बनाएका छौँ- १) कम्तिमा पनि करिव १० वटा बुर्जुवा भवनलाई क्षतिग्रस्त पार्ने। २) जनसरकारिय निर्णय अनुसार ५ जना सामन्तीलाई बृद्ध, आइमाई तथा केटाकेटिको अगाडि विभत्स मृत्यूदन्ड दिने। हाम्रा महान नेता श्री अखन्डको हस्ताक्षर सहितको जानकारी यहिँ समाप्त गर्दै हामि भन्न चाहन्छौँ कि हाम्रो पार्टीको निर्णय विपरित काम, कार्वाहि, रहन, सहन, पुजा, आजा कुनै पनि कार्य कसैले गरेको देखिएमा निजलाई पनि बुर्जुवाबादी करार दिएर हदै सम्मको भौतीक कार्वाही गरिने छ। रातो नमस्कार! हाम्रा महान नेता अखन्ड दिन्दावाद्!
Read Full Discussion Thread for this article