Posted by: MR_TRUTH October 3, 2007
Kaji mentality in process
Login in to Rate this Post:     0       ?        
यो भारतिय दलाल गिरिजाको राष्र्टपतिको चाहना कहिल्यै पुरा नहोस । नेपाली माटोलाइ आफु मरेपछि डुमै राजा भन्ने मानसिकता लियेका नास्तिक कोइरालालाइ धर्म सस्क्रितिंको मुद्दा माथि किन किचलो । दाइको राजनैतिक सम्बन्धको आडमा कुख्याति कमाएकाले दाइकै भारतिय दलालितालाइ मुर्तरुप दिनु यो अन्तिम घडिमा आश्चर्यजनक रहेन । हो राजालाइ जनमानसको त्रास देखाएर सिधा बनाउनु नभए फा्ल्नु पर्छ तर एउटा दोरजेले व्यक्तिगत रिसइबिको कारण मुलुकलाइ भारतिय दासतामा होम्मिदा के हालत हुन्छ सिक्किमलाइ हेर्नुहोस । भैगो छोडनुस आत्मघाति बम लगाएर एक एक भारतिय मार्ने बकमफुसे कुरा । यत्रा नेपालिहरु भागेर बिदेश पुग्दैन थिए, लुकेर बस्दैन थिए । बरु जे छ त्यसलाइ बचाउम, देश जस्तो गंभिर कुरामा पनि जुवा खे्लने कुरा गर्नुहुन्छ ? आफनो अस्तित्व जस्तोको सवालमा पनि देशलाइ प्रयोगशाला बनाएर एक्सपेरिमेन्ट गर्न चाहानुहुन्छ ? तपाइहरुले बिदेशि नागरिकता लिइसक्नु भाको भए भिन्दै कुरा । राजा ज्ञानेन्द्रबाट प्रधानमन्त्रीको उपहास! - कुसुम भट्टराई नेपालको इतिहासमा पहिलो पटक यसै वर्ष इन्द्रजात्रा एउटा 'हास्यास्पद जात्रा' मा परिणत भएको छ। राजतन्त्र समाप्तिको पार्टीगत घोषणा गरेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला राजतन्त्रले नै प्रारम्भ गरेको इन्द्रजात्रामा राष्ट्राध्यक्षको हैसियतले सहभागी हुनु पहिलो हास्यास्पद दृश्य थियो। अनि, 'राजतन्त्रको लामो परम्परालाई निरन्तरता दिँदै' राजा ज्ञानेन्द्र पनि राष्ट्राध्यक्षकै हैसियतले जात्रामा सहभागी हुनु अर्को रोचक दृश्य थियो। असोज १३ गते इन्द्रजात्राको समापनका दिन ऐतिहासिक परम्परा तोड्दै प्रधानमन्त्री कोइरालाले बसन्तपुरमा जीवित देवी कुमारीको दर्शन गरे, टीका ग्रहण गरे। विगतमा राजाहरुले गर्ने सबै कर्मकाण्ड उनले फत्ते गरे। जात्राको लिंगो ढालियो, राति ठीक ९.३० बजे प्रधानमन्त्री फर्किए। आधा सुरक्षाकर्मी प्रधानमन्त्रीसँगै फर्किए पनि तीन सय सुरक्षाकर्मी त्यहाँ तैनाथ नै थिए। ठीक ४५ मिनेटपछि 'सिभिल पोशाक'मा दरबारका सुरक्षाकर्मीहरु जात्रा स्थलमा छ्यापछ्याप्ती देखापरे। उनीहरुले सो सम्पूर्ण क्षेत्रलाई आफ्नो कब्जामा लिए। त्यसपछि पुरानै मन्द मुस्कानका साथ त्यहाँ राजा ज्ञानेन्द्रको आगमन भयो। दरबारबाट आएका दुई पुजारीलाई भित्र पठाइयो। राजाले पनि त्यही कर्मकाण्ड गरे, जुन केहीबेर अघि प्रधानमन्त्री कोइरालाले गरेका थिए। फर्कने बेलामा राजाको चर्को स्वरमा जयजयकार पनि भयो। 'गणतन्त्र चाहिँदैन, परम्परा मास्न पाइँदैन' जस्ता नारा लगाउनेहरुले 'श्री ५ महाराजाधिराज सरकार की जय' भन्दै कर्तल ध्वनिले राजाको स्वागत र बिदाइ गरे। राजाले अझै पनि आफूलाई नै राष्ट्राध्यक्ष ठानेकाले उनी 'झुक्याएर भए पनि' बसन्तपुर गएको विश्लेषण एकथरिको छ। यो घटनालगत्तै आक्रोशित प्रधानमन्त्री कोइरालाले प्रधानसेनापति रुक्मागंद कटवाललाई तत्काल दरबारको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मीको संख्या आधा घटाउन निर्देशन दिएका छन्। 'प्रधानमन्त्रीले दरबारका प्रमुख मुख्यसचिव पशुपतिभक्त महर्जनलाई टेलिफोन गरी सो घटनाबारे स्पष्टीकरण मागिसक्नु भएको छ। अनि आजै (असोज १४ गते) बिहानै सेनापतिलाई बोलाएर दरबारका सेना आधा घटाउन निर्देशन दिनुभएको छ'– रिपोर्टर्स क्लव नेपालद्वारा हिजो आयोजित साक्षात्कार कार्यक्रममा शान्ति तथा पुनःनिर्माण मन्त्री रामचन्द्र पौडेलले भने। पौडेलका अनुसार 'राजालाई इन्द्रजात्रामा पठाएर द्वन्द चाहेको हो? तपाईंहरुले के खोजेको?' भन्दै प्रधानमन्त्रीले महर्जनलाई हप्काएका थिए। सोही कार्यक्रममा एमाले नेता बामदेव गौतमले 'मुकुट खोसिन लागेको भेउ पाएर अन्तिम पटक राजा हुँ भनेर देखाउन गएको हुनसक्छ'– भन्ने टिप्पणी गरे भने माओवादी नेता मोहन बैद्यले राजाको कदमले सरकारकै उपहास भएको बताए। वैशाख ११ गते मध्यरातमा संसद पुनःर्स्थापनाको घोषणा गरेर 'सात दलको मार्गचित्र बमोजिम हिंड्न तयार' भएका राजा दलका पछिल्ला निर्णयहरुप्रति सहमत छैनन्। राजाले पटकपटक 'दलहरुले धोखा दिएको' गुनासो आफन्तजनसँग गर्दै आएको बताइन्छ। संसद पुनःर्स्थापनाको घोषणा गर्नुअघि राजाले राजतन्त्र रक्षाको ग्यारेन्टी गर्नुपर्ने शर्त राखेको र त्यसलाई सात दलले स्वीकार गरेपछि बल्ल 'सम्झौतापूर्ण निकास' आएको राजावादीहरुको दाबी छ। भारत, अमेरिका र बेलायतको मध्यस्थतामा सात दलले राजासँग 'सेरेमोनियल राजतन्त्र'को बिन्दुमा सम्झौता गरेको दावी एक राजावादीले दृष्टिसँग गरे। प्रतिनिधिसभा घोषणा–२०६३ मार्फत् राजाको अधिकार कटौती तथा संसदले नै राजगद्दी उत्तराधिकार तोक्ने सम्बन्धी व्यवस्था गर्नुको अर्थ 'वैशाख ११ सम्झाैता' बमोजिम राजतन्त्रलाई निरन्तरता दिनु नै रहेको दावी सो पक्षको छ। यो दावी गर्नेहरुले स्वयम् प्रधानमन्त्री कोइरालाको भनाइ उद्धृत गर्ने गरेका छन्। कोइरालाले प्रतिनिधिसभा घोषणालगत्तै राजाबारे सोधिएको प्रश्नमा भनेका थिए– 'राजा राख्ने कुरा मैले मात्र गर्‍या हो र? राजा राख्नुपर्छ भनेर त संसदका सबै दलले टेबुल ठटाएर समर्थन गरेका थिए।' दरबार निकटका केही विश्लेषकहरुका अनुसार, संसद पुनःर्स्थापनाको घोषणामा 'सात दलको मार्गचित्र बमोजिम चल्ने' प्रतिबद्धता व्यक्त गरेका राजा ज्ञानेन्द्रले बृहत शान्ति सम्झौताको पक्षमा विज्ञप्ति जारी गरेका थिए। अर्थात् त्यसबेलासम्म राजा सात दलकै मार्गचित्रमा थिए। तर अन्तरिम संविधानले राष्ट्राध्यक्षको हैसियत खोसेपछि राजा तिल्मिलाएका हुन्। अन्तरिम संविधान जारी गरेर दलहरुले वैशाख ११ को सम्झौता उल्लंघन गरेको राजाको गुनासो रहेको बताइन्छ। दरबार र कतिपय सन्दर्भमा माओवादीलेसमेत 'वैशाख ११ सम्झौता' को जिकिर गरे पनि संसदवादी दलहरुले भने त्यसलाई ठाडै इन्कार गर्दै आएका छन्। यद्यपि राजाले आफू निकटका व्यक्तिहरुसँग 'डन्ट वरी, मोनार्की जाँदैन।' भनेर भन्दै आएका थिए। उनले खासगरी नेपाली कांग्रेसप्रति निकै विश्वास गर्दै आएका थिए। २०६३ साल जेठ ३१ गते प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले 'सेरेमोनियल राजतन्त्र'को पक्षमा धारणा सार्वजनिक गरेपछि राजा निकै उत्साहित भएका थिए। कोइरालाले विराटनगरमा भनेका थिए– 'राजालाई भित्तैमा पुर्‍यायौं भने अहिलेको संक्रमणकालीन अन्यौलबाट देश हामीले भनेको दिशामा जाँदैन। त्यसैले उनलाई सेरेमोनियल दिनुपर्छ।' २०६३ साल साउन २१ गते बालुवाटारमा उद्योगपतिहरुसँगको भेटघाटमा कोइरालाले 'राजालाई स्पेश दिनुपर्ने' कुरा अघि सारे। तर त्यसपछि भने कोइराला दरबार निकटका मान्छेहरुको भन्दा भारत निकटका मान्छेहरुको प्रभावमा बढी परेको घटनाक्रमहरुले समेत देखाउँछन्। खासगरी बाह्र बुँदे समझदारीदेखि हालसम्मको नेपालको शान्ति प्रक्रियामा प्रत्यक्ष भूमिका निर्वाह गर्दै आएको भारतले राजा ज्ञानेन्द्र र उनका पुत्र पारसको सट्टा नवयुवराज हृदयेन्द्रलाई गद्दीमा राखेर 'सेरेमोनियल राजतन्त्र'लाई निरन्तरता दिने सुत्र अघि सार्‍यो। जसलाई नचाहेरै पनि स्वीकार्न कोइराला बाध्य भए। अन्तरिम संविधानले राष्ट्रप्रमुखको हैसियतबाट विस्थापित गरेपछि क्रुद्ध बनेका राजाले २०६३ फागुन ७ गते 'देशवासीका नाममा' विज्ञप्ति जारी गरेर आफू अझै पनि राष्ट्राध्यक्ष नै भएको सन्देश मात्र दिएनन– 'माघ १९' को कदमको औचित्य साबित गर्ने चेष्टा पनि गरे। राजाको यो विज्ञप्तिको जवाफ दिँदै कोइरालाले फागुन २८ गते भने– 'राजालाई स्पेश दिने कुरो अब पुरानो भइसक्यो।' २०६३ चैत्र ४ गते कोइराला ऐतिहासिक परम्परा मेट्दै राजाको साटो आफंै घोडेजात्रामा प्रमुख अतिथि बने भने सेनाको सलामीसमेत ग्रहण गरे। अनि २०६४ वैशाख ६ गते कोइरालाले नवनियुक्त चिनियाँ राजदूतले पेश गरेको ओहोदाको प्रमाणपत्र राष्ट्राध्यक्षका हैसियतले ग्रहण गरे। त्यसलगत्तै भारतको राजधानी नयाँदिल्लीमा आयोजित सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्रीसँगको मन्त्रणापछि कोइरालाले राजाप्रति मोह राख्न छाडेका हुन्। त्यसपछि कोइराला हरेक सांस्कृतिक पर्वहरुमा राजसी ठाँटका साथ सहभागी हुन थाले, जुन राजालाई चित्त बुझिरहेको थिएन। अझ २०६३ चैत्र २२ गते दिल्लीमा कोइरालाले स्पष्ट शब्दमा 'को राजा ज्ञानेन्द्र?' भन्ने प्रश्न गर्दै भने, 'राजा माइनस गर्नुस्, ज्ञानेन्द्र भन्नुस' त्यसयता राजा ज्ञानेन्द्र खासगरी भारत र कांग्रेससँग बढी क्रुद्ध रहँदै आए। तर लामो समयदेखि चतुर खेल खेल्न माहिर प्रधानमन्त्री कोइरालाले दोहोरो चरित्र निर्वाह गर्दै आफ्नी पुत्री सुजाता कोइरालालाई दरबारियाहरुसँग हिमचिम बढाउन प्रेरित गरे। कांग्रेसले गणतन्त्रमा जाने निर्णय गरिसक्दा पनि सभापति पुत्री सुजाताले राजतन्त्रको वकालत गर्नुको सोझो अर्थ हो– सभापति कोइराला भित्री मनले हैन, भारत र माओवादीको दबाबका कारण गणतन्त्रमा गएका हुन्, पछि राजतन्त्रमै फर्किन सक्छन् भन्ने सन्देश दरबारलाई दिनु। कोइरालाले 'मुलुकको सार्वभौमसत्ता र स्वतन्त्रता खतरामा' भनेर भन्नुको खास कारण पनि यही हो। भारत पनि कांग्रेसलाई गणतन्त्रको निर्णयमा होमेर माओवादीलाई निर्वाचनमा तान्न चाहन्छ। आफूलाई जसरी पनि निर्वाचनमा तानेर चक्रब्युहमा पार्ने भारतको दाउ बुझेकै कारण माओवादी निर्वाचनबाट भागेको हुनसक्ने एकथरिको आँकलन छ। सायद गणतन्त्रमा जाने कांग्रेसको निर्णय नक्कली ठानेर होला, पछिल्ला दिनमा राजा ज्ञानेन्द्र खासै हतास देखिँदैनन्। उनले कुनै न कुनै ढंगले जनतालाई आफू अझै पनि राष्ट्राध्यक्ष रहेको सन्देश दिन छाडेका छैनन्। जनताले टुँडिखेलमा लोकतन्त्र दिवस मनाइरहेकै बेला २०६४ साल बैशाख ११ कै दिन पारेर राजाले दक्षिणकालीमा पञ्चवली दिएका थिए, जहाँ उनले सेनाबाट सलामीसमेत खाए। त्यसयता राजनीतिक परामर्शलाई पनि निरन्तरता दिँदै आएका राजाको बाह्य मुद्रा खासै चिन्तित देखिँदैन। कतै उनी राजतन्त्रको भविष्यबारे निश्चिन्त त छैनन्? 'संविधानसभाको निर्वाचन पर सर्दै गएमा र संक्रमण लम्बिँदै गएमा दलहरु अलोकप्रिय हुने र विस्तारै आफ्नो वा राजतन्त्रको अवस्था सुदृढ हुने विश्वास राजामा अझै ज्युँदै रहेको' कतिपय राजावादीहरुको दावी छ। अझ, 'राष्ट्रियता'को मुद्दामा दरबार र माओवादीको एउटा पक्षलाई एकगढ गराएर भारतीय हस्तक्षेपविरुद्ध जाइलाग्नुपर्ने मत दुवै पक्षमा बलियो बन्दै गएको अवस्थामा राजाको मनोबल बढ्न थाल्नु अस्वाभाविक होइन।
Read Full Discussion Thread for this article