Posted by: Deep October 2, 2007
हिमानीको नाटक
Login in to Rate this Post:     0       ?        
मैले त यस्मा तेस्तो नराम्रो केही देखिन। के नाटक भन्या हो कुन्नी। ज्ञानेन्द्रले देवी देउता दर्शन गर्ने जान किन हुन्न? सम्बिधानले ज्ञानेन्द्रलाई चिनेको छैन भने अन्तरीम सम्बिधानमा श्री ५ भनेको को? दुई तिहाई बहुमतले चाहेको खन्डमा संसदबाटै राजतन्त्र समाप्तीको घोषणा गर्ने भन्ने धम्की के को लागि? सम्बिधानसभाको पहिलो बैठकले राजतन्त्र बारे के निर्णय गर्ने? माओबादी र अरु राजनैतिकदलहरुको राजाको हाउगुजी देखाउने बाहेक अरु केही काम छ कि छैन? राजा छैन पनि भन्ने उसै संग डराउने पनि? देशमा सम्बिधान सभाको चुनाब गर्नु पर्यो -- बैधानिक सम्सद चाइयो जस्ले सबै मुख्य बिषयमा निर्णय गरोस। अहिलेका सांसदहरु के का सांसद? कस्ले बनायो तिनीहरुलाई सांसद? देशमा दिर्घ कालिन शान्ती सुरक्षा, बलियो अर्थतन्त्र, उदार समाजिक संरचना, राष्ट्रीय हितमा आधारीत राजनैतिक ब्यबस्था जस्ता बिषयमा चाहीँ कैले काम गर्ने? हिमानीले किन सामान बाँड्या भन्यो (हिमानीले नदिए आफुले दिने जस्तो), ज्ञानेन्द्र कुमारी दर्शनमा किन गा भन्यो करायो कपिलबस्तुमा के भो अत्तो पत्तो छैन--देश हाँक्ने कुरा गर्यो बस्यो।
Read Full Discussion Thread for this article