Posted by: world_map October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
ल गाम्ले हो! यस्तो झगडा सगडा गरेर बसेर केही फाइदा छैन! म त बोल्दा नि बोल्दिनँ यस्ता जे पायो त्यही बोल्ने सँग। तपाइहरू नि नबोल्नुस्, कुरै खत्तम्! यस्तालाइ तह लाउने उपाय यहि हो, जत्ति बोल्यो उत्ति उफ्रन्छ। बरू विषय चेन्ज गरूम्, रमाइलो कुरा गरूम्! लौ बरू यौटा कविता भन्छु, भूपीको! म १ म एक पुत्र एक पति र एक पिता हुँ २ एक न्वारन एक विवाह र एक चिता हुँ ३ म एक होटल एक बोतल र एक प्याला हुँ ४ म एक श्रम एक उत्पादन र एक ज्याला हुँ ५ म एक ईन्टर्भ्यु एक लामो क्यु र एक क्यान्डिडेट हुँ ६ म एक खाली बिल एक खाली विभाग र एक खाली पेट हुँ ७ म एक सभा एक श्रोता एक वाह र एक ताली हुँ ८ म नेताजीको एक गीत एक भाषण र एक गाली हुँ ९ म एक जुलूस एक उफ्र्याइँ एक नारा र एक झण्डा हुँ १० म एक आवश्यकता एक माग एक विरोध र एक डण्डा हुँ ११ म केवल एक जुत्ता एक सुरूवाल एक कमीज र एक कोट हुँ १२ बस म केवल एक क्रान्ति एक प्रजातन्त्र एक चुनाउ र एक भोट हुँ केवल एक भोट हुँ।
Read Full Discussion Thread for this article