Posted by: Rahuldai October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
किन न पत्याउनु, कुम्ले। जमानामा राहुलभाइ नि "भाइ " नै थियो। यता तिर् को काले होइन, छिमेकी कालेलाई साप थर्काइयो। अब भन्दा गफ भन्छन्, कफ खोक्छन्। " आज क्लास नहिं जाने का, सम्झा क्या?" भने पछि सब भाग्थे। अनि क्लास नहुने भएसि आफु चिया चुरोट् खान हिडिन्थ्यो। अन्तिम सेमेस्टरमा त पुरै सेमेस्टरको हाजिरी लगभग नील नै। घरमा चिठ्ठी पठाएछ, बज्या प्रिन्सिपलले" तेरो छोरो कालेज आएन भनेर", त्यो नि मेरो स्वर्गिय पिताजीको नाममा। ठेगाना नै मिलेन, स्वर्गमा पठाएको भए भेटिन्थ्यो होला त्यो पत्र। आफु घर जाँदा पो त्यो पत्र देखियो। धन्न कसैले खोलेको रहेन छ। के चिठ्ठी भनेर दाइले एक् दिन सोध्नु भएको थियो।" केही होइन, मेरो प्रोग्रेस रिपोर्ट पठाको, सबै ठिक छ भनेर।
Read Full Discussion Thread for this article