Posted by: Deep October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
कुम्लेस्वरले उताकोलाई यता नी बोला भन्या भे र घिच्याईदेँ। भैगो -- "भैगो भैगो चाहिदैन तेस्तो सरुवा रोग--" हाँसेर भन्दें। ************** जाडोमा बिराटनगर रमाईलो हुन्छ भन्ने सुनेर पुगेको थिएँ उता म एक चोटी। बिहान बेलुका चिसो भए पनि दिउँसो घाम लागे पछि त फेरी चिरीक्क पारीहाल्दो रे छ। एक दिन जोगबनी गैयो रिक्सामा हरर। सिमा पारी कुरा पनि नेपालीमै गर्दा रे छन पैसा पनि नेपाली नै चल्ने रे छ। जेरी खाईयो त्याँ। मिठो थ्यो। आफुलाई सामान केही किन्नु थिएन -- सामान किन्नेहरु सँग हिन्दा हिन्दा अल्छि पनि लाग्न थालि सक्या थ्यो। बिराटनगर तिर लाग्दा एउटा प्रेसर कुकुर अनि एक दुइटा झोला मलाई नी जिम्मा लाए। कैले बरगाछि भन्थे कैले तिनटोलिया -- कैले पोखरिया त कैले सरोचिया -- बरालिनु बरालियो। जाडोमा पनि लामखुट्टेहरु कार्यक्रम चै चलाई रहदा रे छन। त्यो झुलको आईडिया पनि झुरै हो। कता कता बाट छिरीहाल्ने रे छन प्रो लामखुट्टे चैं। अनि निन्द्राको सुरमा उठ्न पनि मन नलाग्ने। ति झुल भित्र छिरेका लामखुट्टे पिसाचहरुलाई आफ्नो ज्यान डस्ने एक्स्क्लुसिभ राईट्स दिए सरह हुने रे छ -- कस्तो दुख गरेर बनाको रगत ति झुल भित्र छिरेकाहरुले एकलौटी धेरै चुसे। त्यो कामत जाने भन्ने पनि डिसिभिङ नै रे छ -- खेती भनेर सिधै नभनेर सित्तैमा खेत हेर्न काँ सम्म पुगियो के के न होला कामत भनेर। अनि ढिकिच्याउँ धाराको पानी फेरी किन नी तेस्तो? मुस्किल पर्ने घुट्क्याउन। रङ पनि फेरीदो रे छ धेरै राखे पछी -- तेल जस्तो के तैरेको जस्तो पनि लाग्ने झोक्रार धेरै बसेको त्यो ढिकीच्याउँ धाराको पानी त। बोली चालीको शैली पनि फरक। रमाईलो लाग्ने सुन्न भने तर। "राम, तेस्तो भनो त तेल्ले -- " भन्दा राम मा लेघ्रो तान्ने चलन रे छ -- कैले राम को ठाम आमा ले लिने रे छ एक्सप्रेसनमा। फलानाले यसो गरो उसो गरो। यसो गर्नु परो। आठना, बाराना --यस्तै के के भन्थे। बोलाई फरक लाग्थ्यो। एक चोटी बजार गाको थिएँ आफन्त दाईहरु सँग। बजारमा सामान हेर्दै थिम त्यो महेन्द्रचोक पूर्ब। मैले एउटा सामान जुन अलि परतिर थ्यो देखाउन भनेँ सायद सुनेन पसलेले -- म सँगै उभिएका लोकल दाईले बिराटनगरे सैलीमा मैले खोजेको सामान तिर देखाउँदै पसलेलाई मेरो कुरो दोहराईदिए --लु तो यता भाई तिर सार्देउ त -- "भैगो भैगो चाहिदैन तेस्तो सरुवा रोग--पर्दैन लुतो सुतो सार्न" हाँसेर भन्दें। ******** बिराटनगरको धागोले सम्झाएको हो मलाई यो --
Read Full Discussion Thread for this article