Posted by: Lati_ko_Poi September 30, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
यो थ्रेड देखेर एउटा कुरा याद आयो।

कुरो चाँही म ८ कक्षामा पड्दाको हो, २०५० साल तिरको। पुर्ने, खुइले र अरु साथीहरु बुद्ध section मा थ्यौ जनता स्कुल को। शिवशंकर सरले कृषि शिक्षा पडाउदैथ्यो। पुर्ने र म लास्टा बेन्चमा ...आफ्नै आफ्नै धुनमा, शिवशंकर सरले पशु पालनमा सुङुर पालन पडाउदैथ्यो।

शिवशंकर " ए धतुरे ! ल भन त भाले ल्यन्डेरसको दुध बाट के के बनाउन मिल्च?"  भनेर पुर्नेलाई  सोध्यो।  (FYI : ल्यन्डेरस भनेको चाँही सुङुरको प्रजाती हो)

पुर्ने त अक्क न बक्क। हतार हतार किताब पल्टौदा अर्कै च्याप्टेर म पुगे छ केरे।शायद गाई पालन मा, पुर्ने " सर, चिज, दही , नौनी " पो भन्छ बा ! क्लासमा गलल्ल हासो। पछी पो बुझियो मोरोले त भाले ल्यन्डेरसको दुध भनेर हामीलाई चाटेको र छ ।
Last edited: 30-Sep-07 12:40 PM
Last edited: 30-Sep-07 12:42 PM
Last edited: 30-Sep-07 06:25 PM
Read Full Discussion Thread for this article