Posted by: Rahuldai September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
ओहे तिके, ठुल्दाई लाई चिन्या छ? सानुचा पहल्मानलाई चिन्या छ? छैन भने भानुचा पहलमानलाई चिन्या छ? छैन भने झ्याँचा लाई चिन्या छ? न भए उत्तमे (पुन)लाई चिन्या छ? सब गुण्डाका नि बोस हुं, ठुल्दाई। अहिले पो सोझो बनेको? देब्रेहातको बुढीऔला नै काफी छ २-४ जना झारपातहरुलाई ठिक-बेठिक पार्न। काठमाडौका गल्ली हरु थाहा छ कि छैन? मासंगल्ली, चोखछें गल्ली, ग्वासिमुग: गल्ली, पोडे गल्ली, झोछे गल्ली, ताह गल्ली आदि इत्यादी सबै चोक गल्लीका बदमास, फटाहाहरुलाई ठोकठाक गर्दै ठिकठाक् पारेको अनुभव नै २७ बर्षको छ। यो चौतारी रेस्लिङ् खेल्ने रंगशाला होइन, फोहरी दोहरी खेल्ने मधुशाला होइन। चौतारिमा बाच्ने मन छ भने सब्बू जस्तै सोझो हुने नत्र, वाइसेलका बाप दादा सबै छन्, भोलि राम नाम जप्दा नि हात खुट्टा नाक खोज्नु पर्ला।
Read Full Discussion Thread for this article