Posted by: BKMailo September 28, 2007
SOMETHING SERIUOS (SS)!!!!
Login in to Rate this Post:     0       ?        
साम्प्रदायिक तनाव कपिलवस्तु नरसंहार कपिलवस्तुको नरसंहार स्वस्फूर्त आक्रोशको परिणामभन्दा नयोजित षड् यन्त्रको हिस्सा भएको आशङ्का माधव ढुङ्गेल साथमा, मनोज पौडेल र सञ्जय पन्थी/कपिलवस्तु भदौ ३० गते बिहान पौने ८ बजेको थियो, अब्दुल मोइद खाँ करबि अढाइ किलोमिटर टाढा चन्दनपुरमा रहेको खेततिर गइरहेका थिए । वीरपुर गाविस, कुदरबेटुवाको घरबाट मोटरसाइकलमा एक्लै सवार मोइदलाई चन्दनपुर गाउँभन्दा सय मिटरवरै विपरीत दिशाबाट आइरहेको एउटा मोटरसाइकलले रोक्यो । सो मोटरसाइकलमा तीन जना आएका थिए । एक जनाले मोइदसँग हात पनि मिलायो । अर्को एक जनाले गोली प्रहार गरहिाल्यो । मोइद त्यहीँ ढले, तीनै जना तत्कालै भागे । मोइदमाथि गोली प्रहार भएको १५ मिनेटपछि मात्र घरमा खबर आयो । छोरा नविद आलम जीप लिएर तत्काल घटनास्थल पुगे । त्यतिबेलासम्म मोइदको निधन भइसकेको थियो । उनी पिताको मृत शरीर लिएर फर्के । मोइदको शव घरमा पुर्‍याउँदा बिहानको साढे ८ बजिसकेको थियो । मोइदका भाइ -काकाका छोरा) परवेज खाँका अनुसार, उनको शरीरमा सातवटा गोली लागेको थियो । शव जीपबाट ओरालिँदै गर्दा बिहानको ८ः३५ जति भएको थियो, चन्द्रौटामा एक्कासि बम पड्केको आवाज आयो । त्यससँगै आगजनी, तोडफोड र लुटपाट पनि सुरु भयो । ठीक त्यसैबेला चन्द्रौटाबाट करबि २० किलोमिटर दक्षिण सीमावर्ती बजार कृष्णनगरमा पनि दङ्गा भड् कियो । परवेज भन्छन्, "कृष्णनगर र चन्द्रौटामा पहाडी समुदायका मान्छे, उनीहरूको घर, पसल र मोटरमा छानी-छानी आक्रमण गरएिको छ ।" उनी यो साम्प्रदायिक सद्भाव बिथोल्ने 'ग्य्रान्ड डिजाइन' अन्तर्गत भएको बताउँछन् । Here is more: http://kantipuronline.com/Nepal/aabaran.php
Read Full Discussion Thread for this article