Posted by: Deep September 28, 2007
BHOJPUR
Login in to Rate this Post:     0       ?        
भोजपुरले पुराना दिन सम्झायो। म पनि गाको छु तेता तिर। देबेन्द्रब्रो लाइ त खै चिनेको छ छैन बरु केही राई साथिहरु थिए, भट्ट थिए, सापकोटा थिए, भन्डारी थिए कता कता पुगे कुन्नी। अरुणको त्यो झोलुङ्गे पुल तरेर रातो जरायोटार हुँदै उकालो लागिया थ्यो -- आँखिभुई नी गैया छ सन्खुवासभा तिर -- त्यो घोडेटार बजार हेरेर चाई ऐले नै हुरुरु उडेर जाम कि जस्तो लाग्यो -- त्यो स्कुलको चौरमा गुटुटु कुदन पाउँदा यो मन तिर्थालु चार धाम पुगे झैं हुन्थ्यो होला तर कता हो कता पुगियो गाँठे यो परदेसमा।
Read Full Discussion Thread for this article