Posted by: ritthe September 26, 2007
BHOJPUR
Login in to Rate this Post:     0       ?        
Camo को भोजपुरको यात्राले मलाई पनि मेरो यात्रा याद दिलाइदियो। कुरो १२ बर्ष अगाडि कै हो । चतराबाट उकालो लागे पछी रामबेनी, मादी, हुँदै,चैनपुर् पुगियो त्यहाबाट सिधै तल तुम्लिङ्टार । त्यो अरुणको तिरै तिर, त्यो Monkey track सबै याद आउँदा मन झसँग हुन्छ अहिले पनि त्यसैगरि भोजपुर को दिङ्ला पनि पुगियो । भोजपुरको अर्को गाउ साङ्पाङको एउटा स्कुलको फिल्ड मi क्रिकेट खेलियो, बल र ब्याट त साथ मा थिएन तेइ पनि तल तल मेटाउन नेपाली (नेपाल मै बनेको) बल र ब्याट ले खेलियो । नेपाल मi बनेको बल र ब्याट चाँही सबैले थाहा पiएकै हुनु पर्छ, मोजा मा कपडा खाँदेर बनiको बल अनी दाउराको चिर्पट लाई खुर्केर बनाको ब्याट, साङ्पाङका स्कूले केटा केटी लाई फिल्डिङ गर्न राखियो । शायद साङ्पाङ मा क्रिकेट पहिलो थियो होला त्यो हामीले खेलेको
Read Full Discussion Thread for this article